• शुक्रबार-बैशाख-७-२०८१

बेड र अक्सिजन अभावलाई यसरी ब्यबस्थित गरौँ - डा. रवीन्द्र पाण्डे


.
कोरोना महामारी तीब्रगतिमा बढ्दैछ | संक्रमितले फोन गर्दा कुनै पनि अस्पतालले बेड छ भनेर भन्दैन | यस्तो अवस्थामा निम्न लिखित तरिका अपनाएर यो परिस्थिति  सहज बनाउन सुगम हुन्छ |


.
      १. हरेक स्वास्थ्य संस्थामा अनिबार्य रुपमा ' फिभर क्लिनिक ' संचालन गर्ने | हरेक नागरिकले पिसिआर पोजिटिभ आउने बित्तिकै नजिकको फिभर क्लिनिकमा जाने |


      २. फिभर क्लिनिकमा Triage गर्ने | अर्थात् सामान्य लक्षण देखिएका संक्रमितलाई चेकजाँच गरेर आबश्यक औषधि लेखेर होम आइसोलेसनमा राख्ने | उहाँहरु र फिभर क्लिनिकबीच फोन सम्बाद जारी राख्ने | मोडेरेट लक्षण अर्थात गाह्रो भएका व्यक्तिलाई आइसोलेसन् केन्द्रमा राख्ने | छातीको एक्सरे / सिटि लगायतका परीक्षण गर्ने |

 

कोभिड निमोनिया देखिएको अवस्थामा अस्पतालको कोभिड बेडमा भर्ना गर्नको लागि फिभर क्लिनिकले सहजीकरण गर्ने | गम्भीर संक्रमितलाई अस्पतालसंग समन्वय गरेर तुरुन्त अक्सिजन बेडमा पठाउने |


     ३. यी ३ समुहमा जसलाई आइसीयुको आवश्यकता पर्छ, उहाँहरुलाई आइसियुमा राखेर उपचार गर्ने |


    ४. हरेक अस्पतालले कतिवटा बेड खाली छन्, आइसीयुमा कति बेड खाली छ, भेन्टिलेटर खाली भयो कि भएन ? यी विवरण नियमित अपडेट स्वास्थ्य मन्त्रालय / सिसिएमसी,आफ्नो वेबसाइट वा बुलेटिन तथा फिभर क्लिनिकको पहुँचमा राख्ने | यो विवरणको कडा अनुगमन तथा निगरानी गर्ने | संक्रमितलाई यो विवरण अनुसार नजिकको अस्पतालमा ब्यबस्थापन गर्ने |


     ५. समाचार आतंकको कारण सामान्य कोभिड भएका संक्रमित डर, चिन्ता तथा पेनिक एट्याकमा गएर अस्पताल जाने अवस्था विद्यमान छ | हरेक फिभर क्लिनिक तथा अस्पतालमा मनोपरामर्शको ब्यबस्था गर्ने | सकारात्मक र वास्तविक समाचार सम्प्रेषण गर्ने / गराउने बाताबरण निर्माण गर्ने |


      ६. कुन अस्पतालमा अक्सिजन प्लान्ट छ, कति अक्सिजन कन्सन्ट्रेटर छन्, कति लिक्विड अक्सिजन सिलिन्डर छन् आदिको विवरण आधिकारिक निकायमा अपडेट गर्ने / गराउने | अक्सिजनको अभाव भएका अस्पतालमा पालोपैंचो नियम अनिबार्य गर्ने |


      ७. संक्रमण नफैलिएका जिल्लाको औषधि / उपकरण / जनशक्तिलाई जीवनरक्षाको लागि आबश्यक अस्पतालमा एड्जस्ट गर्ने |


      ८. सामाजिक संस्था, उद्योगपति, एनआरएन लगायतका संस्थाले जति सकिन्छ , अक्सिजन कन्सन्ट्रेटर सरकार, अस्पताल आदिलाई उपलब्ध गराउने बाताबरण निर्माण गर्ने |


     ९. जीवनरक्षक औषधि हरेक अस्पतालमा स्टक राख्ने | सो को विवरण आधिकारिक निकायमा उपलब्ध गराउने |


      १०. स्थानीय निकायबाट अप्ठ्यारो परेका परिवारलाई समान र ठोस राहत ( जस्तै ५० किलो चामल र ५ किलो दाल ) उपलब्ध गराउने | राहत संकलन तथा वितरणलाई संस्थागत गर्ने |
११. यो विषम परिस्थितिमा संक्रमित तथा संक्रमित परिवारलाई सक्दो सहयोग गरौँ | मानवताको उच्च उदाहरण बनौं |(https://www.facebook.com/sameer.rabindra बाट)

प्रतिकृया दिनुहोस