• शुक्रबार-बैशाख-१४-२०८१

इन्धन पाइपलाइनमा साइबर हमलापछि अमेरिकाद्वारा आपतकाल घोषणा 


काठमाडौं । अमेरिकाको सबैभन्दा ठूलो इन्धन पाइपलाइन कोलोनियलमा शुक्रबार साइबर हमला भएको छ । पाइपलाइनमा र्यान्समवेअर साइबर हमला भएपछि आइतबारबाट त्यहाँको सरकारले आपतकाल घोषणा गरेको छ । 

 

आपतकाल घोषणासँगै पाइपलाइनबाट इन्धन आपूर्ति प्रभावित भएको छ । यद्यपि, यसलाई समाधान गर्न प्रयास जारी राखिएको छ । समस्या समाधान नहुन्जेलका लागि विकल्पमा सडकमार्गलाई प्रयोग गरेर ट्यांकरबाट इन्धन ओसार्न थालिएको बीबीसीले जनाएको छ ।

 

साइबर हमलाले इन्धनको मूल्यमा प्रभाव पर्नसक्ने ठानिएको छ । लामो समयसम्म समस्या समाधान नहुँदा अझै धेरै मूल्य बढ्न सक्ने भए पनि तत्कालका लागि भने २–३ प्रतिशत वृद्धि हुनसक्ने प्रक्षेपण गरिएको छ । 

 

बीबीसीका अनुसार, कोलोनियलले प्रतिदिन २५ लाख ब्यारेल इन्धन आपूर्तिको काम गर्दै आइरहेको थियो । इस्ट कोस्टमा हुने इन्धन आपूर्तिमा यसको हिस्सा ४५ प्रतिशत छ ।

 


साइबर हमलामा डार्कसाइड समूह संलग्न रहेको खुलेको छ । बीबीसीका अनुसार यो समूहले बिहबिार कोलोनियलको नेटवर्क कब्जा गरेर करिब १०० जीबी डाटामा पकड जमाएका थिए। यसपछि यो समूहले पकड जमाएको तथ्यांक सर्भरमा राखेर फिरौती मागेका थिए । माग पूरा नभए सबै तथ्यांक सार्वजनिक गरिदिने उनीहरूको धम्की छ । 
 

प्रतिकृया दिनुहोस