• बिहीबार-बैशाख-१३-२०८१

अमेरिकामा एक नेपाली विद्यार्थीको हत्या

 

काठमाडौं । अमेरिकाको बाल्टिमोरमा बन्दुकधारीले अन्धाधुन्ध गोली चलाउँदा एक नेपालीसहित ४ जनाको मृत्यु भएको छ । 


घटनामा २५ वर्षीय सागर घिमिरेको मृत्यु भएको छ । उनी संखुवासभा खादबारीका हुन् । 


 स्थानीय समय अनुसार शनिबार बिहान साढे ६ बजे भएको घटनामा अन्य दुई स्पेनी नागरिकको पनि ज्यान गएको छ । अर्का एक मृतकको भने पहिचान खुलेको छैन । 

 

अमेरिकाका स्थानीय सञ्चारमाध्यमले जनाएअनुसार घिमिरे अध्ययनको सिलसिलामा अमेरिका पुगेका थिए । उनी स्नातक तहको अध्ययन सकाएर केही समयअघि मात्रै दीक्षित भएका थिए । 

 

घिमिरे निकै मेधावी विद्यार्थी रहेको बताइएको छ । उनले विभिन्न विधामा स्वर्ण पदक हासिल गरेका थिए । 

 

सोही घटनामा सर्लाही स्थायी ठेगाना भएका श्याम अधिकारी गोली लागेर घाइते भएका छन् । उनको युनिभर्सिटी अफ मेरिल्यान्ड बाल्टिमोरमा उपचार भइरहेको छ । 
 

गोली ५६ वर्षीय एभर्टनले चलाएका थिए ।


उनले सुरुमा घरमा आगो लगाएको र घरभित्र रहेका घिमिरेसहितका मानिस बाहिर निस्किएपछि गोली हानेर हत्या गरेका थिए । 

 

प्रहरीको जवाफी कारबाहीमा उनीसमेत मारिएका छन् ।  ( फाेटाे :इनेप्लिज)

प्रतिकृया दिनुहोस