🌞
मौसम
काठमाडौं...
साँघु पात्रो
वार
नेपाल समय
💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ
▲ थप जानकारीको लागि यहाँ क्लिक गर्नुहोस् ▲
साँघु पात्रो SANGHU NEPALI CALENDAR
तिथि
Sun
सोMon
मंTue
बुWed
बिThu
शुFri
Sat
लोड गर्दै...
© SanghuNews पात्रो sanghunews.com
🕐
नेपाल समय
Nepal Standard Time (UTC+5:45)
☀️
काठमाडौं
...
मौसम लोड हुँदैछ...

चोरीका थुप्रै सामानहरु सहित पक्राउ 

काठमाडौँ, २५ माघ  : महानगरीय प्रहरी  वृत्त  बालाजुबाट  विभिन्न मितिमा विभिन्न स्थानबाट चोरी गरिएका विभिन्न सामानहरुसहित चोरहरु  पक्राउ परेका छन्। 

 विभिन्न कम्पनी  र मोडलका मोबाईल सेटहरु,LCD/LED टि.भि.हरु,खाली तथा भरिएका ग्याँस सिलिण्डरहरु सहित यस महानगरीय प्रहरी वृत्त बालाजुबाट खटिएका प्रहरी टोलीले पक्राउ गर्न सफल भई निजहरुलाई  काठमाण्डौ जिल्ला अदालतबाट कसूर अनुसारको मुद्धामा म्याद थप गरी थप अनुसन्धानको प्रकृया अगाडि  बढाईएको डीएसपी विश्व खड्काले बताएका  छन्  ।

हालका दिनहरुमा बढ्दै गएका चोरीका घटनाहरुलाई न्युनिकरण तथा नियन्त्रण गर्न बिशेष सकृयता बढाईएको पनि डीएसपी विश्व खड्काले बताए ।

सर्वसाधारणहरुलाई पनि आफ्नो घर तथा पसलहरु चोरी हुनबाट जोगाउन विशेष साबधानी अपनाउन पनि महानगरीय प्रहरी  वृत्त  बालाजुले अपिल गरेको छ ।