🌞
मौसम
काठमाडौं...
साँघु पात्रो
वार
नेपाल समय
💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ 🥦 तरकारी भाउ💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ 🥦 तरकारी भाउ
▲ थप जानकारीको लागि यहाँ क्लिक गर्नुहोस् ▲
साँघु पात्रो SANGHU NEPALI CALENDAR
तिथि
Sun
सोMon
मंTue
बुWed
बिThu
शुFri
Sat
लोड गर्दै...
© SanghuNews पात्रो sanghunews.com
🕐
नेपाल समय
Nepal Standard Time (UTC+5:45)
☀️
काठमाडौं
...
मौसम लोड हुँदैछ...

भारत–चीन द्वन्द्व ः नेपालले चलाउनुपर्ने हतियार

भारत र चीन अहिले शीतयुद्धमा मात्र होइन, लगभग हतियारवन्द युद्धमा होमिने तरखरमा छन् । दुवैका सेना आमने सामने छन् । युद्ध होला नै भन्न सकिन्न, युद्ध हुनेभन्दा नहुने आधार धेरै छन् । तर, विश्वमा युद्ध तयारी गरेर मात्र भएका छैनन्, अचानक पनि भएका छन् । युद्ध भनेको एउटा पक्षले नचाहेर मात्र नहुने होइन, दुईटै पक्षले नचाह“दा पनि युद्ध हुनसक्छन् । 
किनभने विश्वमा धेरै शक्तिराष्ट्र यस्ता छन् जो अरुको युद्ध होस् र हतियार बेच्न पाइयोस्, दुवैलाई जुधाएर फाइदा लिन सकियोस् भन्ने ध्येय राख्छन् ।
भारत र चीन नेपालको प्रत्यक्ष सरोकारका देश हुन् । सा“ध जोडिएका हाम्रा छिमेकी यिनै दुई हुन् । सा“ध मात्र जोडिएको छैन, यी दुईको बीचमा हामी छौं । त्यसैले यिनले लिने हरेक नीति हाम्रो सरोकारको विषय बन्छ । यिनका हरेक गतिविधि हाम्रो चासोको विषय बन्छ । मिलेका भए केही थिएन, लडाईं नै गर्न खोज्दैछन् । यसमा हाम्रो चासो र सरोकार नरहने भन्ने कुरै आउ“दैन ।
चिनिया“ जनताको मनोविज्ञान बुझ्न सजिलो छैन तर भारतीय जनताको मनोविज्ञान हामी बुझ्न सक्छौं । भारत खुला राजनीति भएको लोकतान्त्रिक देश हो । चीनसंग भन्दा भारतसंग हामी अनेक कारणले अति नै नजिक छौं । भारत र नेपालको भाषामा समानता छ, भारतीयहरूको भाषा हामी राम्रैसंग बुझ्न सक्छौं । भारतीय मिडिया हामी चिन्छौं पनि र बुझ्छौं पनि । चीनको भन्दा भारतको इतिहास हामीलाई धेरै थाहा छ । नेपालको तीनतिर खुला सीमा छ र त्यो सीमा भारतसंग छ । नेपाल र भारत बीच खुला आवतजावत छ, त्यसकारण पनि भारतलाई हामी अलि धेरै नै बुझ्छौं । 
हामीले देख्दै जान्दै आएको भारतसंग अलि हीन भावना छ चीनको मामिलामा । भारतभन्दा चीन धेरै शक्तिशाली, प्रभुत्वशाली र सम्पन्न छ । सम्पन्नका अगाडि विपन्न, शक्तिशालीका अगाडि कमजोरले जुन भावना लिन्छ, त्यही भावना भारतमा देखिन्छ । भारतमा जब पाकिस्तानको कुरा आउ“छ, तब भारतीयहरू अहिले नै युद्ध गरौं, अहिले नै पाकिस्तानको नाम निशाना मेटाइदिउ“ भन्छन् । तर, चीनको प्रसंगमा भारतीयहरू त्यसो भन्दैनन् । किनभने चीन बलियो छ । अर्काे कुरा, चीन र भारतको विगतको युद्धमा भारत पराजित भएको थियो । विगतको पराजय भारतका लागि अगुल्टोले हानेको कुकुर विजुली चम्क“दा तर्सन्छ भने झैं भएको देखिन्छ । अहिले चीन र भारत दुवै आक्रामक देखिन्छन् । भारतीय जनता पार्टी तथा यसका नेता नरेन्द्र मोदी सत्ताको शिखरमा पुगेपछि भारतले आक्रामक विदेश नीति अपनाएको प्रष्टै देखिन्छ । उसको आक्रामक विदेश नीतिमा उग्रराष्ट्रवादको गन्ध आएको पनि छर्लङ्गै छ । आधुनिक उग्रराष्ट्रवादको विशेषता के भने यसले कमजोरलाई ङ्याक्ने र बलियोसंग निहु“ खोज्ने काम गर्छ । भारतले नेपाललाई नाकावन्दी गरेर कसरी गर्दन कसेको थियो भन्ने जगजाहेर विषय हो । तर, चीनलाई भारतले त्यसो गर्न सक्दैन, निहु“ खोज्न मात्र सक्छ । भारतीय उग्रराष्ट्रवादले कुनै न कुनै रुपमा छिमेकीहरूसंग जोरी खोज्नु नै थियो । चीनसंग पनि भारतले कुनै न कुनै जोरी खोज्नु नै थियो । भारतको राष्ट्रवादको जग नै चीनसंगको हीन भावना र पाकिस्तानसंगको दम्भमा अडेको देखिन्छ । चीनप्रति भारत सदैव सशंकित रह“दै आएको हो । अहिले टक्कर हुनुमा भारतीय शंकाको ठूलै भूमिका रहेको छ ।
 भारतको शंका र अविश्वास बिना कारण भने होइन । पछिल्ला केही वर्ष यता दक्षिण एसियामा चीनले प्रभाव र प्रभुत्व बढाउ“दै लगेको छ । दक्षिण एसिया राजनीतिक रुपमा विभिन्न राजनीतिक इकाई (देश) का रुपमा रहे पनि एउटै भौगोलिक वृत्तभित्र रहेको छ । यो वृत्तको अगुवा या नायक भारतले आफूलाई ठान्छ । यो क्षेत्रमा चीनको जबर्जस्त प्रवेश भारतको स्वार्थमा सीधा टक्कर पक्कै पनि हो । अर्थात्, सिक्किमको दोक्लम क्षेत्रमा देखिएको टक्कर तत्कालीन घटनाको उपज मात्र होइन । भारत र चीनको अविश्वासपूर्ण सम्बन्ध, भारतीय उग्रराष्ट्रवाद र चीनको दक्षिण एसियामा प्रभाव बढाउने नीतिको परिणाम हो दोक्लमको टक्कर ।
भारत र चीनको टक्करले तेस्रो पक्ष कुनैलाई सबैभन्दा धेरै क्षति गर्छ भने त्यो नेपाल हो । किनभने दुई देशबीच रहेको देश नेपाल हो । नेपाल सामरिक रुपमा सामथर््यवान छैन । यी दुई मुलुकको सामथ्र्यका अगाडि त झन तुलना हुने कुरै भएन । तर, सार्वभौमिकता र सामथ्र्य फरक विषय हो । आजको विषयमा सामथ्र्य छैन भन्दैमा सार्वभौमिकता गुमाउन सकिंदैन । छिमेकको भारत र चीनबीच तनाव चर्किंदै जा“दा नेपाल निश्चय पनि समस्यामा फस्नेछ । तर, समस्याबाट निस्कन पनि सामथ्र्य चाहिन्छ । दुवै देशसंग अपार हतियार छ तर नेपालले मात्र एउटा हतियारका भरतमा यी दुई शक्तिराष्ट्रको तनावबाट जोगिन सक्छ । त्यो हतियार हो, असंलग्नता । विश्वमा असीको दशका असंलग्नताको अभियान चलेको थियो । रुस र अमेरिकाको शीत युद्धको चेपुवाबाट बच्न असंलग्न आन्दोलन सुरु भएको थियो । शिखर राष्ट्रका रुपमा रुसको भूमिका नरहेपछि असंलग्न आन्दोलनको सान्दर्भिकता पनि सकिंदै गयो । तर, क्षेत्रीय रुपमा असंलग्नताको औचित्य अझै छ । खासगरी नेपालका लागि । नेपालले असंलग्नताको नीति भारत र चीनको हकमा प्रयोग गर्न सक्छ । 
विगतमा पनि भारत र चीनबीच युद्ध भएको थियो, नेपालले कसैको पक्ष लिएन । युद्ध नभएको अवस्थामा पनि दुई मुलुकबीच कैयनपटक गम्भीर तनाव भयो । त्यस्तो बेला पनि नेपालले कहिल्यै पक्ष लिएन । अहिले पनि दुई मुलुक तनावमा छन् । नेपालले कसैको पक्ष लिन हु“दैन । पक्ष लिनुपर्ने भए समस्या हुन्थ्यो, पक्ष नै नलिने नेपालको इतिहास रहिआएको छ । असंलग्न हुने अनुभव पनि छ । त्यस्तो अनुभव भारत र चीनकै हकमा पनि छ । त्यसैले नेपालको भूमिका के हुने भन्ने बारेमा धेरै अन्योलमा रहनु जरुरी छैन । इतिहासदेखि अहिलेसम्म लिइआएको नीतिलाई निरन्तरता दिन्छौं भन्ने हिम्मत गर्दा भारत र चीनले धेरै दवाब दिने ठाउ“ पनि रह“दैन । यसका लागि चाहिन्छ राजनीतिक नेतृत्वमा इच्छाशक्ति । विगतमा पनि हामीले अनुभव गरिआएकै हो, असंलग्न रहन पनि आ“ट चाहिन्छ । तर, त्यस्तो आ“ट अहिलेको राजनीतिक नेतृत्वसंग छ त ?