🌞
मौसम
काठमाडौं...
साँघु पात्रो
वार
नेपाल समय
💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ 🥦 तरकारी भाउ💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ 🥦 तरकारी भाउ
▲ थप जानकारीको लागि यहाँ क्लिक गर्नुहोस् ▲
साँघु पात्रो SANGHU NEPALI CALENDAR
तिथि
Sun
सोMon
मंTue
बुWed
बिThu
शुFri
Sat
लोड गर्दै...
© SanghuNews पात्रो sanghunews.com
🕐
नेपाल समय
Nepal Standard Time (UTC+5:45)
☀️
काठमाडौं
...
मौसम लोड हुँदैछ...

द्वन्द्व निर्देशक तथा कलाकार राजेन्द्र खड्गी पक्राउ

काठमाडौँ, २५ माघ (रासस) :  सी आइ बी प्रहरीले कलाकार तथा चलचित्रका द्वन्द्व  निर्देशक राजेन्द्र खड्गीलाई पक्राउ गरेको छ । 

दक्षिण कोरियामा विभिन्न नाटक, वृत्तचित्र र चलचित्र बनाउने भनी कलाकारका नाममा विभिन्न व्यक्तिलाई पठाई उतै लुक्न लगाउने गरेको आरोपमा प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोले खड्गीलाई माघ २५ गते  ठमेलबाट पक्राउ गरेको ब्यूरोका प्रवक्ता प्रहरी उपरीक्षक जीवनकुमार श्रेष्ठले जानकारी दिए  । 

काठमाडौँ जिल्ला अदालतबाट मानव बेचबिखन तथा ओसारपसार मुद्दामा पाँच दिनका लागि म्याद थप भई खड्गीमाथि आवश्यक अनुसन्धान कार्य भइरहेको ब्यूरोले जनाएको छ । 

केही दिनअघि विभिन्न कार्यक्रमका नाममा ११ जना व्यक्तिलाई गैरकानूनीरुपमा दक्षिण कोरिया लगी छोडेको आरोपमा ब्यूरोले उनीमाथि अनुसन्धान गरिरहेको छ ।