• मंगलबार-बैशाख-११-२०८१

भारतमा २ करोड नाघे संक्रमित, २२२४०८ को मृत्यु 

कोरोना भाइरसको नयाँ भेरियन्टको सामना गरिरहेको भारतमा संक्रमित हुनेको संख्या २ करोड नाघेको छ । 

 

पछिल्लो २४ घण्टामा ३ लाख ५७ हजार २ सय २९ संक्रमित थपिएसँगै भारतमा संक्रमित हुनेको संख्या २ करोड नाघेको हो । 

 

चिनियाँ सञ्चार संस्था सिह्वाका अनुसार भारतमा संक्रमित हुनेको कूल संख्या २ करोड २ लाख ८२ हजार ८ सय ३३ पुगेको छ । 

 

त्यस्तै, पछिल्लो २४ घण्टामा ३ हजार ४ सय ४९ जनाले त्यहाँ कोरोना संक्रमणका कारण ज्यान गुमाएका छन् । योसँगै भारतमा कोरोनाबाट ज्यान गुमाउनेको संख्या पनि २ लाख २२ हजार ४ सय ८ पुगेको छ । 

प्रतिकृया दिनुहोस