🌞
मौसम
काठमाडौं...
साँघु पात्रो
वार
नेपाल समय
💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ 🥦 तरकारी भाउ💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ 🥦 तरकारी भाउ
▲ थप जानकारीको लागि यहाँ क्लिक गर्नुहोस् ▲
साँघु पात्रो SANGHU NEPALI CALENDAR
तिथि
Sun
सोMon
मंTue
बुWed
बिThu
शुFri
Sat
लोड गर्दै...
© SanghuNews पात्रो sanghunews.com
🕐
नेपाल समय
Nepal Standard Time (UTC+5:45)
☀️
काठमाडौं
...
मौसम लोड हुँदैछ...

युवराजले किन त्यागे अन्नपूर्ण ?

काठमाडौं । अन्नपूर्ण पोष्टको प्रधान सम्पादक पदबाट युवराज घिमिरेले एक्कासी राजिनामा दिएपछि पत्रकारिता क्षेत्रमा निकै चासो र चर्चा उत्पन्न भएको छ । सो प्रकाशनमा कार्यरत पत्रकारहरूका अनुसार, नेपाल न्यूज नेटवर्क इन्टरनेशनलका मालिकहरू, खासगरी अध्यक्ष तथा प्रबन्ध निर्देशक रामेश्वर थापाले पत्रकारिताको विश्वव्यापी सिद्धान्तलाई कुल्चिएर 
सम्पादकीय स्वतन्त्रतामा हस्तक्षेप गर्ने खालका शैली प्रदर्शन गर्न थालेपछि प्रधान सम्पादक घिमिरेले राजिनामा दिन बाध्य भएको थाहा भएको छ । राज्यका अन्य अंगहरूका विसंगति र गलत प्रवृत्ति खुट्ट्याएर सच्याउन औंला ठड्याउने भूमिका निर्वाह गर्नुपर्ने चौथो अंगका रुपमा रहेको पत्रकारिताका आचारसंहिताभन्दा बाहिर जानु हुन्न भन्ने प्रधान सम्पादक घिमिरेलगायतका पत्रकारहरूको अडानलाई प्रकाशन गृहले केही समयदेखि कर्के नजरले हेर्दै आएको बुझिएको छ । तर, पाका र खारिएका तथा पत्रकारिता मात्र नभई समाज, राजनीति, कूटनीति र इतिहासलगायत विधाहरूको राम्रो अध्ययन भएका वरिष्ठ पत्रकार घिमिरेमाथि स्थापित पत्रकारिताका सामान्य आचारसंहिताका विपरीत लगातारका दबाव आउन थालेको र सो पचाउन नसकेपछि वाध्यात्मक बहिर्गमनको बाटो रोजेको अन्नपूर्ण पोष्ट स्रोतले बताएको छ । अन्नपूर्ण पोष्टको प्रधान सम्पादकबाट युवराज घिमिरेले २०७४ साउन ५ गते राजिनामा दिएका हुन् ।  
नेपाल न्यूज नेटवर्क इन्टरनेशनलका अध्यक्ष रामेश्वर थापाको नेतृत्वमा रहेको  अन्नपूर्ण पोष्ट दैनिक र अन्नपूर्ण टुडेकै सम्पादकीय नीति ठ्याक्कै उल्टो रहेको देखेपछि सो प्रकाशनमा कार्यरत पत्रकारहरूले असजिलो मान्दै आएका थिए । राजाराम गौतम सम्पादक रहेको अन्नपूर्ण टुडेले सर्वोच्च अदालतका बारेमा सुशिला कार्की र कल्याण श्रेष्ठ समूहलाई खुलेर समर्थन गरेका समाचार र टिप्पणी पढ्न पाइन्थ्यो भने अन्नपूर्ण पोष्ट दैनिकले चाहिं सर्वोच्च अदालत आइएनजीओ र दलीयकरणबाट मुक्त रहनु पर्छ भन्ने पक्षमा वकालत गर्दै आएको थियो । 
यसैगरी कर फछ्र्याेट आयोगको ३१ अर्ब काण्डका बारेमा अन्नपूर्ण टुडेले चुडामणि शर्माहरूको विरोधमा लेख्ने गर्दथ्यो भने अन्नपूर्ण पोष्ट दैनिकमा कर फछ्र्याेट आयोग र चुडामणि शर्माहरूको विरोधमा लेख्न रामेश्वर थापाले बन्देज लगाएको आर्थिक ब्युरो स्रँेतले बताएको छ । 
 रामेश्वर थापाहरूले स्वतन्त्र पत्रकारितालाई भन्दा पनि व्यापारिक कारोवार, शुभलाभ र निजी स्वार्थलाई बढी चासो र प्राथमिकता दिएको चर्चा त पहिलेदेखि नै चल्दै आएको हो । जलस्रोत, नेपाल आयल निगमभित्रका जग्गा खरिद काण्डलगायतका घोटालाहरू, हवाई क्षेत्रका विकृतिहरू भण्डाफोर गर्नबाट रोक्ने र यस्ता सवालमा पत्रकारिताका सामान्य मान्यता विपरीत गई हस्तक्षेप गर्ने नीति अख्तियार गर्ने गरेको स्रोतले जनाएको छ । व्यवस्थापनका यस्ता व्यवहार एकपछि अर्को गर्दै भोग्नु परेपछि त्यहा“ कार्यरत पत्रकारहरू हतोत्साहित बन्न थालेका थिए । यसैको नतिजा प्रधान सम्पादक पदबाट युवराज घिमिरेको राजिनामा हो भन्छन् पत्रकारहरू । 
प्रधान सम्पादक पदबाट युवराज घिमिरेले राजिनामा गरेपछि सामाजिक सञ्ंजालमा भाइरल भएका केही टिप्पणीहरू–   
 युवराज घिमिरे, अन्नपूर्ण पोस्ट र म †
अखबारको आत्मा भनेको त्यसको सम्पादकीय नीति हो ।
अर्को सम्पादकले लेखकहरूलाई दिने लेखकीय स्वतन्त्रता †
युवराज घिमिरे अब्बल लेख्छन्, गम्भीर विश्लेषण गर्दछन् र आफ्ना कुरा निर्धक्क राख्दछन † भनिसकियो, सम्पादकीय नीति र सम्पादकहरूले लेखकहरूलाई दिने स्वतन्त्रतासंग लेखकहरू जोडिएका हुन्छन । युवराज घिमिरेको सम्पादनका पत्रिकाहरूले मलाई निर्धक्क भएर लेख्न दिए ।
 मनमा प्रश्न छ 
अब अन्नपूर्ण पोस्टको सम्पादकीय नीति कस्तो होला ?
अहिले जस्तै सबै राजनीतिक पक्षका, सबै बिचारधाराका मानिसका लेखहरू पढ्न पाइएला वा नपाइएला ? त्यसको पाठक जगतको आकार खुम्चिएला कि अझ विस्तारित हुृ“दै जाला ? –केशवप्रसाद भट्टराई 
 २) म अन्नपूर्ण पोस्टको ग्राहक पनि । अब नवीकरण गर्दिन ।
–सुनिलराज उप्रेती 
 ३) यहा“सम्म आईपुग्दा अन्नपूर्ण पोस्टले देशहितलाई केन्द्रमा राखेर लेखहरू प्रकाशन गथ्र्यो । म अन्नपूर्ण पोस्टको नियमित पाठक ह“ु । आउने दिनहरूमा पनि यस्तै निरंतरताको आशा गर्दछु ।
–भण्डारी खगेन्द्र 
४) अब चाहि अन्नपूर्णको ग्राहक बन्ने विषयमा सोच्ने बेला आएछ ।
–हिमाल श्रेष्ठ,
५) आफ्नो रुचि र आवश्यकतासंग गा“सिएका पठनीय सामग्री हेरेर नै प्रत्येक पाठक र ग्राहकले कुन पत्रिका पढ्ने भन्ने निर्णय गरेको हुन्छ । अन्नपूर्ण पोष्टमा प्रकाशित हुने युवराज गौतम र केशव भट्टराई सर र युवराज घिमिरेका लेखहरूकै लागि म अन्नपूर्ण पोस्टको नियमित ग्राहक र पाठक बनेको थिए“ं । अब अन्नपूर्ण दैनिक रुपमा पढ्न इच्छुक भइएला कि नभईएला निश्चित छैन ।              –शेरबहादुर शाह 
६) अन्नपूर्णले राष्ट्रियता र मौलिक नेपाली संस्कृतिको पक्षमा आफ्नो उपस्थिति ओजस्वी बनाउदै लगेको थियोे । शायद यही कारणले युवराजजीको बहिर्गमन भएको त होइन ? किन कि फिरङ्गी घुसपैठ अस्वीकृत तर अनिवार्य बोझ भैसकेको छ । –अरुणकुमार पाण्डे