🌞
मौसम
काठमाडौं...
साँघु पात्रो
वार
नेपाल समय
💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ 🥦 तरकारी भाउ💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ 🥦 तरकारी भाउ
▲ थप जानकारीको लागि यहाँ क्लिक गर्नुहोस् ▲
साँघु पात्रो SANGHU NEPALI CALENDAR
तिथि
Sun
सोMon
मंTue
बुWed
बिThu
शुFri
Sat
लोड गर्दै...
© SanghuNews पात्रो sanghunews.com
🕐
नेपाल समय
Nepal Standard Time (UTC+5:45)
☀️
काठमाडौं
...
मौसम लोड हुँदैछ...

तुरुन्तै किन फेरिए सेनाका गुप्तचर प्रमुख

काठमाण्डौं  । नेपाल सरकारले नेपाली सेनाको सिफारिसमा केही जर्नेलहरूलाई सरुवा भएको एक महिना पनि नबित्दै सरुवा हेरफेर गरेको खबर छ । यसरी एक महिना पनि नपुग्दै सरुवा फेरबदल हुने दुई तारे जर्नेल (उपरथी) मध्ये सेनाको महत्वपूर्ण विभाग मध्येको एक डीएमआई प्रमुख (सैनिक गुप्तचर प्रमुख) एक महिना नपुग्दै फेर बदल भएका छन् ।  सैनिक स्रोतले दिएको जानकारी अनुसार सेनाको पूर्वी पृतनाबाट २०७४ असार ८ मा नेपाली सेनाको  डीएमआई प्रमुखको रुपमा सरुवा गरिएका उपरथी प्रल्हाद थापालाई त्यहा“बाट पनि सरुवा गरिएको छ  । थापालाई शिवपुरीस्थित सेनाको कमाण्ड तथा स्टाफ कलेजको प्रमुखको जिम्मेवारी दिइएको छ । उपरथी थापा प्रमुख रहेको  डीएमआई प्रमुखको जिम्मेवारी भने पोखरामा पृतनापति रहेका उपरथी जगदिशचन्द्र पोखरेललाई दिइएको छ । प्रधानसेनापति राजेन्द्र क्षत्री अमेरिका र वेलायत भ्रमणको क्रममा लण्डनमा रहेका बेला डीएमआई प्रमुख थापाको सरुवालाई सेनाका अधिकृतहरूले आश्चर्यका रुपमा लिएको बताइन्छ । 
डीएमआई  प्रमुखमा सरुवा भएर आएका उपरथी पोखरेल यसअघि सैनिक प्रवक्ताको रुपमा लामोसमय कार्यरत रहेका थिए । उपरथी पोखरेल नेपाली सेनाका रथीबृन्दहरूमध्ये विवादमा नपरेका, नेतृत्व क्षमता भएका र जिम्मेवारीमा सफल जर्नेलका रुपमा परिचित ब्यक्तित्व हुन् । जर्नेल पोखरेल केही समयपछि उपरथीबाटै अवकास पाउन लाइनमा रहेका छन् । पोखराको पृतनापतिमा भने स्टाफ कलेज शिवपुरीमा कार्यरत उपरथी देवेन्द्रबहादुर मेधासीलाई पठाइएको छ ।  नेपाली सेनाको सिफारिसमा सरकारले केही जर्नेलहरूको सरुवा संशोधन गरेसंगै अन्य तीनजना नवनियुक्त उपरथीहरूको पनि दरबन्दी तोकेको छ । 
 उपरथीमा बढुवा हुनेहरूमा वरिष्ठ सहायकरथीहरूमा ईश्वर हमाल, शिवराम खरेल र कर्मेन्द्र लिम्बु रहेका छन् ।  उपरथी हमाललाई सरकारले  प्रदेश नम्बर दुईमा रहने पृतनाको मुख्यालय धनुषामा सरुवा पदस्थापना गरेको भएतापनि उनी हाल एक हप्ते सैनिक कोर्षका लागि बेलायतमा रहेका छन् । त्यसैगरी खरेललाई प्रदेश नम्वर पा“चको मुख्यालय बुटवलस्थित पृतनामा सरुवा गरिएको भएतापनि उनी यूएन मिशन लेवनानको डिपुटी फोर्सं कमाण्डरका लागि चयन भएकाले  लेवनान प्रस्थान गर्ने तयारीमा रहेको बताइन्छ । एकतारे जर्नेलको पोष्टमा खरेल लेवनान जाने भएकाले उनले उपरथीको फूली लगाउन पाएका छैनन् । लिम्बुलाई २०७४ श्रावण २ गते जंगी अड्डामा आयोजित एक विशेष समारोहमा प्रधान सेनापति महारथी राजेन्द्र क्षत्रीले उपरथी दर्जाको दज्र्यानी चिन्ह प्रदान गरेको सेनाले जनाएको छ ।  लिम्बुलाई मध्यपश्चिम पृतनापतिमा पदस्थापना गरिएको  खबर छ ।
 साथै सोही मितिबाट उपरथी दर्जामा पदोनन्ति भएका सहायक रथी शिवराम खरेल विशेष कारणले उपस्थित हुन नसकेको र सहायक ईश्वर हमाल हाल विदेशमा रहेको हु“दा उनीहरूलाई उपरथी दर्जाको दज्र्यानी चिन्ह पछि प्रदान गर्ने ब्यवस्था मिलाईएको कुरा पनि सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ ।