काठमाडौं । कोरोना भाइरसविरुद्धको भ्याक्सिन लगाउने वीर अस्पतालका तीन स्वास्थ्यकर्मीमा संक्रमण पुष्टि भएको छ ।
वीर अस्पतालमा खाेप कार्यमा संलग्न तीन जना स्वास्थ्यकर्मीको कोरोना रिपोर्ट पोजेटिभ आएको वीर अस्पताल स्रोतले जनाएको छ । संक्रमित हुने को को हुन् भन्नेबारे भने सार्वजनिक गरिएको छैन ।
कोरोना भ्याक्सिन लगाउने अभियान सुरु भएपछि वीर अस्पतालका स्वास्थ्यकर्मी तथा कर्मचारीलाई खोप लगाइएको थियो । खोप लगाएकाहरूमा नै संक्रमण फैलिएपछि अस्पतालका कर्मचारी र स्वास्थ्यकर्मीहरूमा त्रास फैलिएको श्राेतले बताएकाे छ ।
यसैबीच वीरमा भ्याक्सिन लगाउने स्वास्थ्यकर्मी तीनजना नै संक्रमित भएकाे पुष्टि भएपछि वीर अस्पतालमा २०७८ वैशाख १४ गते भ्याक्सिन लगाउन बन्द गरिएको छ । केही दिनदेखि वीरलगायतका विभिन्न स्वास्थ्य संस्थाले खोपको दोस्रो मात्रा लगाइरहेका छन् ।




