🌞
मौसम
काठमाडौं...
साँघु पात्रो
वार
नेपाल समय
💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ 🥦 तरकारी भाउ💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ 🥦 तरकारी भाउ
▲ थप जानकारीको लागि यहाँ क्लिक गर्नुहोस् ▲
साँघु पात्रो SANGHU NEPALI CALENDAR
तिथि
Sun
सोMon
मंTue
बुWed
बिThu
शुFri
Sat
लोड गर्दै...
© SanghuNews पात्रो sanghunews.com
🕐
नेपाल समय
Nepal Standard Time (UTC+5:45)
☀️
काठमाडौं
...
मौसम लोड हुँदैछ...

कोभिड-१९ को  चुनौती सामनाका लागि प्रभावकारी व्यवस्थापन गर्न आईजीपीकाे निर्देशन

काठमाडौं, २०७७ वैशाख १३ गते ।  प्रहरी महानिरीक्षक शैलेश थापा क्षेत्रीले कोभिड-१९ को दोस्रो लहरबाट सिर्जित हुन सक्ने समस्या तथा चुनौतीलाई दृष्टिगत गरी यसको नियन्त्रणका लागि चाल्नुपर्ने कदम तथा प्रभावकारी व्यवस्थापनमा प्रहरी कर्मचारीहरु सक्रिय रुपमा लाग्नुपर्ने बताउनुभएको छ ।

उपत्यकास्थित प्रहरी कार्यालयका प्रमुखहरूलाई प्रहरी प्रधान कार्यालयमा   वैशाख १२ गते आइतबार आयोजित कार्यक्रमबीच निर्देशन सम्बोधन गर्दै प्रहरी महानिरीक्षक थापा क्षेत्रीले उक्त कुरा बताउनुभएको हो ।

प्रहरी महानिरीक्षक थापा क्षेत्रीले कोभिड-१९ को संक्रमण रोक्न नेपाल सरकार स्वास्थ्य मन्त्रालयद्वारा तोकिएको सुरक्षा मापदण्डलाई दुरुस्त रुपमा कार्यान्वयन गराउनु प्रहरीको प्रमुख दायित्व रहेको चर्चा गर्दै यसका लागि अन्य सुरक्षा निकाय लगायतका सरोकारवालाहरुसँग आवश्यक समन्वय, सहकार्य र अनुगमनमा तिब्रता दिनुपर्ने बताउनुभयो । संगठनले तय गरेका नीति तथा योजनाहरुलाई व्यवहारमा लागू गर्दै परिणाम देखिने गरी कार्यान्वयन गर्नुपर्नेमा उहाँले जोड दिनुभयो ।

प्रहरी महानिरीक्षक थापा क्षेत्रीले सम्भाव्य चुनौती सामना गर्न बैकल्पिक व्यवस्थालाई थप प्रभावकारी बनाउनेतर्फ सबै प्रहरी कर्मचारीहरु अग्रसर हुनुपर्ने बताउनुभयो । कोभिड नियन्त्रणमा अपनाईने मास्क, स्यानिटाइजरको प्रयोग लगायतका सम्पूर्ण सुरक्षा विधिहरुको पूर्ण पालना गर्ने तथा उपचार व्यवस्थापन चुस्त राख्न समेत उहाँले निर्देशन दिनुभयो ।