काठमाडौं । मन्त्रीको साथ पाएपछि र पैसामा खेल्न सक्ने भएपछि सिंगो मन्त्रालयकै बजेट बा“डफा“ड र खटनपटनमा विज्ञता र दक्षता नचाहिने रहेछ । गगन थापा स्वास्थ्यमन्त्री भएका बेला मन्त्रालयमा आएको बजेट बा“डफा“ड गर्ने र चलाउने मामलामा स्वास्थ्य सचिवभन्दा कम भूमिका लेखाअधिकृत सुरेश शर्माको रहेन । मन्त्रालयका पाका, डाक्टर, स्वास्थ्य विज्ञ र अनुभवी कर्मचारीहरूको भन्दा बढी आफ्नै अधकल्चाहरूको टिमको विश्वास गर्ने र उनीहरूकै सूचना र सुझावका आधारमा सञ्चालित हुने मन्त्री थापाको किचन क्याविनेटमा लेखाअधिकृत शर्मा पनि थिए । शर्माले नै मन्त्री थापालाई अत्यावश्यक औषधिका सट्टा स्वास्थ्यसम्बन्धी उपकरण खरिद गर्दा लाभ लिन सकिने उपाय सिकाएको मन्त्रालय स्रोत बताउ“छ । त्यसैले मन्त्रीको कार्यकालको पछिल्लो चरणमा पूर्व निर्धारित अत्यावश्यक औषधि र औषधिजन्य सामानहरू खरिद गर्नुको सट्टा करोडौंका उपकरण किन्ने कार्यमा सिंगो मन्त्रालय नै अग्रसर रहेको रहस्य विस्तारै खुल्दैछ । २०७३ चैतको अन्तदेखि २०७४ बैशाखको शुरुमा मन्त्रालयले बजेट सुनिश्चितता भनी मातहतका विभाग, निर्देशनालय, अस्पताल र आयोजनाहरूमा एक पत्र पठायो । त्यसमा औषधि, उपकरण खरिद तथा मर्मतसम्भार र निर्माणका कार्य आफैंले शुरुगर्नु र योजना सहितको सम्पूर्ण विवरण उपलब्ध गराउनु भनी उल्लेख गरिएको थियो । मन्त्रालयको यही पत्रलाई आधार बनाई मातहतका सबैजसो कार्यालयहरूले औषधि, उपकरण खरिददेखि मर्मतसम्भार र निर्माणका कार्य अघि बढाए । कतिपय कार्यालयले मर्मतसम्भारको काम नै जिम्मा पनि लगाए । तर पछि बजेट आउ“दा भने सुरेश शर्मासंग पहिले नै सेटिंग मिलाएर कमिशनमा लाभ दिने हाकिम र कार्यालयलाई मागेजति पुग्यो । जसले सोही पत्रलाई मात्र आधार मानी शर्मासंग सम्पर्क नगरी काम शुरु गरे त्यहा“ बजेट गएन र खरिद सम्बन्धी काम अलपत्र प¥यो ।
मन्त्री गगन थापाको मन्त्रालयको किचन क्याविनेटका अर्थविज्ञका रुपमा काम गरेका उनले सो अवधिमा २ करोड कुनै सामुदायिक अस्पताललाई दिंदा २० लाखसम्म कमिशन हात पारेको मन्त्रालयको लेखा स्रोत बताउ“छ । अहिले पनि यिनै ब्यक्ति मन्त्रालयको बजेट विनियोजन शाखामा कार्यरत रहेका छन् ।
निजामती सेवा नियमावली विपरीत तीन वर्षभन्दा बढीदेखि सोही स्थानमा हालिमुहाली चलाउ“दै आएका उनको यो पारिवारिक खान्दानी अड्डा भन्दा पनि हुन्छ । उनका दाजु यम शर्मा पनि यसरी नै वर्षौं स्वास्थ्य मन्त्रालयमा बसी राम्रा अतिरिक्त लाभ हासिल गरेका मानिसका रुपमा चर्चित छन् । दाजु शर्मा भने अहिले सरकारी रकम अनियमितता गरी भ्रष्टाचार गरेको आरोपमा अख्तियारको निलम्बनमा रहेको बताइन्छ । लामोसमय स्वास्थ्य मन्त्रालयमा बसी काठमाडौ जिल्ला विकास समितिमा सरेका दाजु शर्माले भूकम्प पीडितका नाममा आएका उद्धारका सामग्रीहरूमा लाखौं भ्रष्टाचार गरेको अभियोग प्रमाणित गरी मुद्दा दायर गरिएको बताइन्छ ।
दाजुको पालादेखि नै स्वास्थ्य मन्त्रालयका भ्रष्टाचार गर्न सकिने ठाउ“ पहिल्याएका भाइ शर्माले सकभर मन्त्री नभए सचिवलाई रिझाएर उनीहरूकै निकट रही राज्य, सेवाग्राहीलाई घाटा पु¥याई कमाउधन्दा चलाउ“दै आएका छन् । अघिल्लो सचिवको पालामा त गलत काममा संलग्न रहेको पाइएपछि सचिवले कार्यकक्षमै बोलाएर भाई शर्मालाई सचेत गरएका थिए । स्वास्थ्य मन्त्रालयको अधिकांश बजेट सरकारी अस्पताल, सामुदायिक अस्पताल, जिल्ला अस्पताल, निर्देशनालयहरूलाई वितरण गरेरै सकिन्छ । तर यो बजेट बा“डफा“ड गर्ने विनियोजन शाखामा बसेका शर्माले उनलाई लाभ पु¥याउने अस्पतालहरूलाई मागेजति रकम अनेक तर्क र कारण पेश गरी भनेकै समयमा उपलब्ध गराउ“दै आएका छन् । उनका माग पूरा गर्न नचाहने अस्पताल तथा सामुदायिक स्वास्थ्य संस्थाहरूले मागेजति बजेट नपाउनु त छँदैछ, साथै उनीहरूका टिप्पणी उठेका फाइलहरू हप्तौंसम्म हराउने र कतिपय त भेटिंदै नभेटिने घटना घटिरहन्छन् । यस्ता काममा यी शर्मा मन्त्रालयमै कहलिएका छन् । मन्त्री गगनका समयमा त शर्माले चाहेपछि कुनैपनि संस्थामा सजिलै बजेट गइहाल्थ्यो र कतिपय यस्ता मामलामा स्वास्थ्य सचिव समेत हेरेकोहेरै हुन्थे ।



