• शुक्रबार-बैशाख-७-२०८१

नाइट बस त मापसे गरेरै चलाउछन् : कमल सापकोटा

 

(आफूले जे कर्म गरिन्छ त्यसको फल त मिलिहाल्छ । राम्रो कर्म गर्न भने छाड्नु हुन्न । भागवत् गीताले भनेको छ – कर्म गर फलको आशा नगर । भनाइ स्पष्ट छ जस्तो कर्म त्यस्तै फल । यो नियम सडक पाइलट कमल सापकोटालाई ठ्याक्कै सुहाउँछ । झापाका २७ वर्षे युवाले शुरुमा पढ्ने मन गरेनन् । जस्तो सीप सिके त्यसैअनुसार फल पाइरहेका छन् । पहिले पछुतो माने पनि अहिले भने उनी खुशी नै छन् । जसले रोटी दिन्छ त्यसकै सम्मान गर्नु आवश्यक भएकोमा उनी सहमत छन् । बा ३ ख २१०१ नम्बरको कान्तिपुर यातायातका चालक कमलले सडक पाइलटसँगको अन्तरड्डमा साँघु प्रतिनिधिसँग यसरी खोलेका छन् आफ्नो जीवनको पाटो–सम्पादक)


 
० गाडीलाइनमा आएको कति भयो ?
–१० वर्ष भइसक्यो । 


० के गर्नुभयो त पहिले ?
–५ वर्ष त ढोकामा बसियो । 


० कहाँ बस्नुभयो, झापामै ?
–हैन काठमाडौं आइयो । 


० कसरी आउनु भयो त यो लाइनमा ?
–साथीभाइको संगतले आइयो । गाउँका साथीहरू एकैपटक आएको । 


० साथीहरू पनि यही लाइनमा छन् ?
–यही लाइनमै छन् । 


० कतिसम्म पढ्नु भयो ?
–६ कक्षा पढेर छाडियो । 


० किन छाड्नु भयो नि ?
–बुद्धि बिग्रिएर । त्यतिबेला पढ्न मन लाग्दैनथ्यो । अहिले पो लाग्छ त पछुतो । बाहुनको छोरो भएर के गर्नु छाडियो त्यतिबेला । अब छोरी पढाउने । 


० कति सन्तान छन् ?
–एक छोरी छिन्् सात वर्षकी । एक कक्षा पढ्छिन् । 


० कोरोना बढेको बढ्यै छ । स्कुलमै गएर पढ्छिन् ?
–स्कुलमै जान्छिन् । बोलाउँछन् । जानै प¥यो । 


० लकडाउनमा के गरियो त ?
–लकडाउनमा त अनलाइन पढाइ हुन्थ्यो । अब फेरि अनलाइन हुन्छ कि । कोरोनाको डर त छ । 


० तपाईले पहिले के चलाउनु भयो नि ?
–पहिले रिङरोडको गाडी चलाएँ तीन वर्ष । त्यसपछि कान्तिपुर यातायात चलाइरहेको छु दुई वर्षदेखि । 


० कस्तो छ गाडीलाइन ?
–ठिकै छ । काम भइरहेको छ । खान पाइएको छ । यही काम गरेरै अहिलेसम्म टिकिएको छ । 


० लकडाउनका बेलामा के गर्नुभयो नि ?
–अर्कै काम गरियो । लेबर काम गरेँ । गाडीको सामान लोड–अनलोड गरियो । खानै प¥यो । ज्यान पालियो जेहोस् । 


० राहत कसैले दिएनन् ?
–दिएनन् । हाम्रै संगठनले दिएको थियो एक बोरा चामल । 


० भोलिका दिनमा के गर्ने हो नि ?
–गाडी नै चलाइन्छ । आफूले जानेको यही हो । यत्रा वर्ष यही काम गरियो । अब पनि यसले नै निरन्तरता पाउँछ । 


० विदेशतिर नजाने ?
–नेपालमा कमाउन सकिएन भने त्यो पनि गर्नुपर्ला । तर अहिलेसम्म सोचेको छैन । 


० ट्राफिक प्रहरी कस्तो छ ?
–ठिकै छ । आफूले गल्ती गरे दुःख दिन्छ । नत्र ठिकै छ । 


० दुर्घटनामा परिएको छ कि छैन ?
–अहिलेसम्म त छैन । 


० दुर्घटना कसरी बढेको छ ?
–लापरबाहीले नै होला । नाइटबसमा अझै पनि मापसे गर्छन् । काठमाडौंमा भने रिङरोडका गाडीका चालकले गाँजा खान्छन् । ट्याब खान्छन् । कान्तिपुरमा कसैले खान्नन् । रातिमा काम सकेपछि भने कहिलेकाहिँ रक्सी खाइन्छ । 
 

प्रतिकृया दिनुहोस