काठमाडौं । शेरबहादुर देउवा नेपाली कांग्रेसका सभापति भएपछि झन् रफ्तारमा अघि बढ्ने अपेक्षा गरिएको कांग्रेस ओरालो लाग्ने क्रम रोकिने सम्भावना अझै देखिएन । २०७४ साउन ७ गतेबाट चालु केन्द्रीय कार्यसमितिको बैठकमा उठेका प्रश्न र यसप्रति सभापति देउवाले लिने नीतिले पार्टीको भावी अवस्था तय हुने भएपनि हालसम्म उनी वर्तमान कार्यशैली र जिम्मेवारीमा कुनै परिवर्तन गर्ने मूडमा देखिएका छैनन् ।
कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेलले बैठकमा पार्टी र कार्यर्ताका भविष्यप्रति चिन्ता व्यक्त गर्दै प्रष्ट बिचारहरू राखेपनि यसको सुनुवाई हुने लक्षण देउवाले प्रस्तुत गरेका छैनन् । बैठकमा पौडेलले खुलेरै भने नेपाली कांग्रेस (देउवा)को जिम्मामा रहेको सिंहदरबार र उनकै नेतृत्वमा रहेको सानेपा दुवै अलपत्र दिशाविहीन छन् । एउटै जिम्मेवारी पनि राम्ररी सम्हाल्न नसक्ने देउवाले दुवै जिम्मेवारीको डुंगा कसरी पार लगाउलान् ?
यसको सटिक जवाफ पनि पौडेलले नै बैठकमा दिए हामी ७० कटिसक्यौं, अब हामीले नेतृत्व छाड्नुपर्छ र सक्षम अर्को पुस्तालाई जिम्मेवारी दिनुपर्छ, यसो गरे मात्र कांग्रेस पार्टी बच्नेछ । पौडेलले मात्र नभएर बैठकका अधिकांश वक्ताले देउवाको कार्यशैली र गैरजिम्मेवारपनको खुलेरै विरोध गरे । तर जवाफमा सभापतिले सबै केन्द्रीय नेताले देखेका उनका कमजोरी सच्याउन लाग्नुको सट्टा स्थानीय निर्वाचनमा सबैको कमजोरी भएको र अब सच्याएर एकताबद्ध भई अघि बढ्नुपर्ने बताए । यसपश्चात पनि वरिष्ठ नेता पौडेलले प्रष्ट रुपमा फेरि भने शेरबहादुर देउवा पार्टी सभापति र प्रधानमन्त्री दुवै जिम्मेवारीमा असफल भइसक्नुभएको छ ।
पौडेललगायतका बैठकमा बोल्ने अधिकांश नेताहरूले देउवाले सभापति भएपछि केन्द्रीय समितिलाई पूर्णता दिन नसकेको, विभागहरू गठन गरी नेतालाई जिम्मेवारी दिएर कार्यक्षेत्रमा खटाउन असक्षम भएको, पदाधिकारीहरू अझै नियुक्त नगरी सिंगो केन्द्रीय समितिलाई अपा¨ बनाइरहेको र पार्टीलाई प्रजातान्त्रिक शैलीमा चुस्त बनाउनुको सट्टा झन् अस्तव्यस्त बनाएको आरोप पनि लगाएका थिए । पौडेलले त खुलेरै भने यदि युवापुस्तामा नेतृत्व हस्तान्तरण नगर्ने हो भने दुवै जिम्मेवारी आफैंले लिएर पार्टी र मुलुकलाई अधोगतितर्फ लगिरहनुको सट्टा जिम्मेवारी बा“डफा“ड गरी अघि बढ्नु पर्छ । जिम्मेवारी निर्वाह गर्न पनि नसक्ने र पद पनि ओगटीरहने प्रवृत्तिले पार्टीलाई झन् अधोगतितर्फ लग्ने उनको ठहर थियो । पौडेलको यो भनाईप्रति दुई तिहाई केन्द्रीय सदस्यको समर्थन रहेको पनि एक केन्द्रीय सदस्यले सा“घुलाई बताए ।
केन्द्रीय समितिमा बोल्ने क्रममा नेताहरूले देउवाले तेश्रो वरियताका मानिसलाई प्रहरी प्रमुखमा बालहठ नै गरी नियुक्ति दिलाउन खोजेका र यस गल्तीलाई सच्याउनुको सट्टा प्रधान न्यायाधीसमाथि महाअभियोग प्रस्ताव दर्ता गरी झन् गल्तीमाथि अर्को महागल्ती गरेका प्रसंग पनि उठाए । विश्वभरकै प्रचलन हो कि प्रधान न्यायालयको संरक्षण सरकारले गर्छ र विपक्षीले यसको विरोध गर्छ । तर यहा“ त सत्ताधारी दल स्वयं नै प्रधान न्यायाधीशको विरुद्ध महाभियोगको प्रस्ताव दर्ता गर्छ, त्यो पनि आफैैले गरेको अर्को गलत नियुक्तिलाई कायमा राख्न ।
यी विविध कारण पनि कांग्रेसप्रतिको जनविश्वास खस्किएको उनीहरूको विश्वास थियो । अझ राजदूत नियुक्ति गर्दा पार्टीमा छलफल गरी कूटनीति बुझेको र मुलुकको प्रतिनिधित्व गर्नसक्ने व्यक्तित्वको सट्टा ब्यक्तिगत स्वार्थका आधारमा वैदेशिक रोजगारमा मानिसलाई पठाउने बिचौलियालाई रोजेका जस्ता घटनाले पनि देउवाको नेतृत्व र कांग्रेसप्रति मानिसको विश्वास चक्नाचूर भयो । एमालेबाट जम्मा ४ जना प्रधानमन्त्री मुलुकले पाउ“दा चारैजना फरकफरक नेताले अवसर पाए । तर नेकामा भने पद र लाभ पाउनासाथ आफैं लिउ“ भन्ने लोभीपापी, एकलका“टे, अधिनायकवादी स्वभाव भएका नेताहरूका कारणले समेत कार्यकर्तामा उत्साह र उर्जा नथपेको हुनसक्ने तर्फ कसले सोच्ने ?



