🌞
मौसम
काठमाडौं...
साँघु पात्रो
वार
नेपाल समय
💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ 🥦 तरकारी भाउ💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ 🥦 तरकारी भाउ
▲ थप जानकारीको लागि यहाँ क्लिक गर्नुहोस् ▲
साँघु पात्रो SANGHU NEPALI CALENDAR
तिथि
Sun
सोMon
मंTue
बुWed
बिThu
शुFri
Sat
लोड गर्दै...
© SanghuNews पात्रो sanghunews.com
🕐
नेपाल समय
Nepal Standard Time (UTC+5:45)
☀️
काठमाडौं
...
मौसम लोड हुँदैछ...

अर्थअन्तर्गतका १० सह–सचिवको सरूवा तथा पदस्थापना (सूचीसहित)

काठमाडौं । अर्थ मन्त्रालयले सह–सचिवको सरुवा तथा पदस्थापन गरेको छ । मन्त्रालयले मातहतका १० सह–सचिवको सरुवा तथा पदस्थापन गरेको हो । 
 

सह–सचिव थानप्रसाद पंज्ञानीलाई महालेखा नियन्त्रक कार्यालयमा सह–महालेखा नियन्त्रकको जिम्मेवारी दिएर पठाइएको छ । उनी यसअघि मन्त्रालयमै कार्यरत थिए । 
 

 अच्युतप्रसाद शिवाकोटीको पनि सरुवा भएको छ । अर्थ मन्त्रालयका अनुसार, उनलाई  भन्सार जाँचपास परीक्षण कार्यालयको प्रमुख जाँचपास प्रशासकको जिम्मेवारी दिइएको छ । 
उमाकान्त आचार्यले सहमहालेखा नियन्त्रकको भूमिका पाएका छन् । यसअघि उनी मन्त्रालयमै कार्यरत थिए ।
 

भन्सार विभागका उपमहानिर्देशक भूमिराज शर्मालाई नेपाल राजस्व परामर्श विकास समितिमा सरुवा गरेर उनको स्थानमा ईश्वरीप्रसाद अर्याललाई पठाइएको छ । 

त्यसैगरी बाबुराम सुवेदीको सार्वजनिक ऋण व्यवस्थापन कार्यालयमा सरुवा भएको छ । वीरगञ्ज भन्सार कार्यालयका प्रमुख महेश आचार्यलाई त्यहाँबाट मन्त्रालय तानेर उनको स्थानमा विश्वप्रसाद अर्याललाई खटाइएको छ । 

महेश भट्टराईलाई २०७८ वैशाख १५ गते अवकास हुन लागेका  केदारप्रसाद पनेरूको जिम्मामा रहेको काम गर्नेगरी पदस्थापनाका साथै  जिम्मेवारी दिइएको छ । सह–सचिव पनेरू २०७८ वैशाख १५ गते उमेर हदका कारण अवकाश हुँदैछन् । 

 अर्थ मन्त्रालयकाे कर्मचारी प्रशासन महाशाखा प्रमुखमा  कार्यरत बाबुराम भण्डारीलाई सार्वजनिक वित्त व्यवस्थापन तालिम केन्द्रको तालिम प्रमुखको जिम्मा दिएर पठाइएको  कर्मचारी प्रशासन महाशाखा प्रमुखकाे जिम्मेवारी सहसचिव सुमन दाहालले पाएकाे अर्थ मन्त्रालय श्राेतले जनाएको छ ।