• शुक्रबार-बैशाख-७-२०८१

पद रिक्त बाह्र सांसद्को चुनाव कहिले  ?

 

काठमडौं । माओवादीले भटाभट एमाले प्रदेश गरेका सांसदलाई कारबाही गरेपछि उपनिर्वाचन कहिले हुन्छ ? भन्ने चर्चा सुरु भएको छ । एमालेमा प्रवेश गरेका माओवादी सांसदको निर्वाचन क्षेत्रमा एमाले नै निर्वाचित हुने संभावना बढी छ । त्यसैले सरकार प्रतिनिधि सभा विघटन नभएको अवस्थामा बजेट पारित भएपछि २०७८ असोज वा मंसिरमा उपनिर्वाचन गर्ने मनसायमा देखिएको छ । संघीय संसदका ४, प्रदेश ८ जनासहित १२ जना प्रत्यक्ष निर्वाचित सांसदका एमालेमा प्रवेश गरेका थिए । प्रदेश १ बाट एकजना प्रदेश २ बाट ४ जना  लुम्बिनी प्रदेशबाट २ जना र कर्णाली प्रदेशबाट १ जना प्रदेश सांसद एमालेमा प्रवेश गरेर सांसद पद गुमाएका हुन् । 


संघीय सांसदमा भने ४ जना प्रत्यक्ष निर्वाचित सांसदले पद गुमाएका छन् । राष्ट्रिय सभाका एकजना सांसद बादलको पनि पद गुम्ने अवस्था छ । प्रभु साहले ४ जना प्रदेश सांसद लिएर एमालेमा गएपछि प्रदेश २ मा भने माओवादीलाई गम्भीर धक्का लागेको छ । माओवादीको राम्रै उपस्थिति भएको प्रदेश–२ मा ५ जना संसाद गुमाउनु पर्दा माओवादीलाई जति चोट लागेको छ, कर्णाली प्रदेशको हकमा भने त्यस्तो हुने छैन । 


एमालेको पकड भएको दैलेखमा भागबण्डका आधारमा एक सीटका लागि प्रदेश सांसदको उम्मेदवारी पाएको थियो । तिनै सांसद धर्मराज रेग्मी एमालेमा प्रवेश गरेका हुन् । आउँदो प्रतिनिधिसभामा एमालेबाट टिकट लिने मनसायसहित एमालेमा प्रवेश गरेका रेग्मी पार्टी सदस्य समेत भइसकेका थिएनन् । जनमोर्चाबाट माओवादी प्रवेश गरेलगत्तै रेग्मीमाओवादी केन्द्रबाट टिकट लिएर निर्वाचनमा लागेका थिए । 


प्रदेश १ का सांसद टंक आम्बो एमालेमा प्रवेश गरेर भने माओवादीलाई घाटा लागेको छ । ताप्लेजुङमा माओवादीका नेता आम्बोमात्र होइन, पासाङ शेर्पा पनि एमालेमा लागेपछि माओवादीलाई धक्का लागेको छ । हुन त, शेर्पा पहिला एमालेबाटै माओवादी प्रवेश गरेका थिए । जनजाति महासंघको अध्यक्षसमेत भएका शेर्पा २०६४ मा एमालेबाट सामानुपातिक सांसद थिए ।


संविधानले नै ६ महिनाभन्दा बढी कार्यकाल भएको अवस्थामा प्रतिनिधिसभाका सांसदका लागि उपनिर्वाचन गर्नुपर्ने व्यवस्था छ । त्यही व्यवस्थाका आधारमा निर्वाचनको तयारीमा निर्वाचन आयोग लागेको छ । सरकारले निर्वाचनको मिति घोषणा गरेलगत्तै निर्वाचन गर्न सकिन्छ । त्यसका लागि धेरै समय भने आवश्यक पर्दैन् । अघिल्लो बर्ष भक्तपुर, कास्कीसहित केही क्षेत्रमा उपनिर्वाचन भएको थियो । 
 

प्रतिकृया दिनुहोस