🌞
मौसम
काठमाडौं...
साँघु पात्रो
वार
नेपाल समय
💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ 🥦 तरकारी भाउ💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ 🥦 तरकारी भाउ
▲ थप जानकारीको लागि यहाँ क्लिक गर्नुहोस् ▲
साँघु पात्रो SANGHU NEPALI CALENDAR
तिथि
Sun
सोMon
मंTue
बुWed
बिThu
शुFri
Sat
लोड गर्दै...
© SanghuNews पात्रो sanghunews.com
🕐
नेपाल समय
Nepal Standard Time (UTC+5:45)
☀️
काठमाडौं
...
मौसम लोड हुँदैछ...

दुर्घटनामा परी एम्बुलेन्स चालकको मृत्यु

सप्तरी । यहाँको शम्भुनाथ नगरपालिकास्थित पूर्वपश्चिम राजमार्गमा आज भएको दुर्घटनामा एम्बुलेन्स चालकको मृत्यु भएको छ । शम्भुनाथ नगरपालिका–३ स्थित शम्भुनाथ मन्दिरको प्रवेशद्वार अगाडि सडकखण्डमा ना६ख ७८९२ नम्बरको बसको ठक्करले स१च ५५२ नम्बरको एम्बुलेन्स चालक सिरहा सुखीपुर बस्ने ५० वर्षीय छेदीलाल कामतको मृत्यु भएको  प्रहरीले जनाएको छ । 

पश्चिमबाट पूर्वतर्फ जाँदै गरेको बसले विपरीत दिशातर्फ आउँदै गरेको एम्बुलेन्सलाई ठक्कर दिँदा कामतको घटनास्थलमा नै मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक माधवप्रसाद काफ्लेले जानकारी दिनुभयो । कामतको शव परीक्षणका लागि लहानस्थित रामकुमार उमाप्रसाद स्मारक अस्पतालमा राखिएको छ । ठक्कर दिने बस प्रहरीले नियन्त्रणमा लिएको छ भने फरार रहेका बस चालकको खोजतलास भइरहेको प्रनाउ काफ्लेले जानकारी दिनुभयो ।