🌞
मौसम
काठमाडौं...
साँघु पात्रो
वार
नेपाल समय
💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ 🥦 तरकारी भाउ💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ 🥦 तरकारी भाउ
▲ थप जानकारीको लागि यहाँ क्लिक गर्नुहोस् ▲
साँघु पात्रो SANGHU NEPALI CALENDAR
तिथि
Sun
सोMon
मंTue
बुWed
बिThu
शुFri
Sat
लोड गर्दै...
© SanghuNews पात्रो sanghunews.com
🕐
नेपाल समय
Nepal Standard Time (UTC+5:45)
☀️
काठमाडौं
...
मौसम लोड हुँदैछ...

विश्व बक्सिङ च्याम्पियनसिप : सुमिना पराजित

काठमाडौँ, १ वैशाख (रासस) : पोल्याण्डमा भइरहेको आइबा युथ पुरुष तथा महिला विश्व बक्सिङ च्याम्पियनसिपमा नेपाली बक्सिङ खेलाडी सुमिना खड्का पराजित हुनुभएको छ ।

पोल्यान्डको किल्सीमा आज भएको खेलमा महिला ५४ किलो तौल समूहतर्फ नेपाली खेलाडी खड्का बेलारुसकी विनाराभा आर्नासित अङ्कका आधारमा पराजित हुनुभएको हो । खड्काले तीन राउन्डसम्म प्रतिस्पर्धा गरेको नेपाल बक्सिङ सङ्घका प्रवक्ता श्यामकाजी अवालेले जानकारी दिनुभयो । उक्त प्रतियोगितामा नेपालबाट खड्का र सुष्मा तामाङ सहभागी हुनुभएको छ । 

महिला ४८ किलो तौल समूहमा तामाङ वाइ पाएर दोस्रो चरणमा प्रवेश गर्नुभएको छ । अब उहाँले लिथुआनियाकी खेलाडीसित प्रतिस्पर्धा गर्नुहुनेछ । गत वर्ष चैत पहिलो साता ललितपुरको सातदोबाटोमा सम्पन्न छनोट खेलमा खड्काले डेचेन शेर्पालाई तथा तामाङले रमिसा श्रेष्ठलाई पराजित गर्नुभएको थियो ।

पोल्याण्डमा जारी प्रतियोगितामा ५२ मुलुकका २७४ पुरुष तथा १४० महिला खेलाडीको सहभागिता रहेको छ । विश्व बक्सिङ च्याम्पियनसिप यही वैशाख १० गतेसम्म चल्ने छ । 
–––