🌞
मौसम
काठमाडौं...
साँघु पात्रो
वार
नेपाल समय
💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ 🥦 तरकारी भाउ💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ 🥦 तरकारी भाउ
▲ थप जानकारीको लागि यहाँ क्लिक गर्नुहोस् ▲
साँघु पात्रो SANGHU NEPALI CALENDAR
तिथि
Sun
सोMon
मंTue
बुWed
बिThu
शुFri
Sat
लोड गर्दै...
© SanghuNews पात्रो sanghunews.com
🕐
नेपाल समय
Nepal Standard Time (UTC+5:45)
☀️
काठमाडौं
...
मौसम लोड हुँदैछ...

‘अमेरिका पठाइदिन्छु’ भनी ५० लाख ठगी गर्ने पक्राउ

काठमाडौँ, २३  माघ : नेपाल प्रहरी केन्द्रीय अनुसन्धान ब्यूरोले रु एक करोड ५० लाख ठगी गर्ने दुई जनालाई पक्राउ गरेको छ । 

पक्राउ पर्नेमा मनिष बस्नेत र नरेन्द्रबहादुर पण्डित भन्ने २९ वर्षीय सुलभ पण्डित क्षेत्री रहेका छन् । 

ब्यूरोबाट खटिएको टोलीले ‘अमेरिका पठाइदिन्छु’ भनी ठगी गर्ने कार्यमा संलग्न सुलभलाई गोकर्णेश्वर बेँसीगाउँबाट माघ २१ गते आइतबार पक्राउ गरेको हो । सुलभले विभिन्न व्यक्तिलाई आफू अमेरिकन आर्मी हुँ, अमेरिका पठाइदिन्छु, भारतीय सेनामा भर्ती गराइदिन्छु, भनी नेपाली नागरिकताको प्रमाणपत्रसमेत तीन जनाको नाममा बनाई चौध जनासँग रु एक करोड ५० लाखभन्दा बढी ठगी गरेको प्रहरीले जनाएकोे छ । पक्राउ परेकासँग थप अनुसन्धान भइरहेको ब्यूरोले बताएको छ । 

घुससहित खरिदार पक्राउ 

महानगरीय ट्राफिक प्रहरी महाशाखाले रु १० हजार घुससहित यातायात कार्यालयका खरिदार यामबहादुर केसीलाई पक्राउ गरेको छ ।  

महाशाखाले यातायात व्यवस्था कार्यालय एकान्तकुनामा ट्रायलका लागि खटिएका खरिदार केसीलाई घुससहित नेशनल ट्रेडिङ लिमिटेड बग्गीखानाबाट पक्राउ गरको हो । 

महाशाखाका प्रमुख सर्वेन्द्र खनालले खरिदार केसीले भक्तपुरका सुनिल गोर्खालीलाई सवारी अनुमतिपत्र उपलब्ध गराउने भन्दै घुस लिई दुईपटक ट्रायल दिन लागेको अवस्थामा पक्राउ गरिएको जानकारी दिनुभयो । गोर्खालीले हेवी सवारी साधनको लाइसेन्स लिनका लागि केसीलाई रु १० हजार बुझाएका थिए ।  (रासस)