🌞
मौसम
काठमाडौं...
साँघु पात्रो
वार
नेपाल समय
💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ 🥦 तरकारी भाउ💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ 🥦 तरकारी भाउ
▲ थप जानकारीको लागि यहाँ क्लिक गर्नुहोस् ▲
साँघु पात्रो SANGHU NEPALI CALENDAR
तिथि
Sun
सोMon
मंTue
बुWed
बिThu
शुFri
Sat
लोड गर्दै...
© SanghuNews पात्रो sanghunews.com
🕐
नेपाल समय
Nepal Standard Time (UTC+5:45)
☀️
काठमाडौं
...
मौसम लोड हुँदैछ...

प्रधानन्यायाधीश पराजुली भन्छन् – न्यायको मूल्य र मान्यता जगाउनका लागि प्रयासरत छु 

काठमाडौँ । प्रधानन्यायाधीश गोपाल पराजुलीले कसैको चरित्र हत्या गर्नका लागि विशृंखल र निकृष्ट शब्दको चयन गरेर स्थापित भएकाहरु पनि छिट्टै विस्थापित हुने बताएका छन् । 

प्रा डा युवराज संग्रौलाद्वारा प्रकाशित पुस्तक ‘क्रिमिनल जस्टिस सिस्टम’को सोमबार यहाँ सार्वजनिक गर्दै उनले सो कुरा बताएका हुन् । 

प्रधानन्यायाधीश पराजुलीले न्यायको मूल्य र मान्यता जगाउनका लागि आफूले हरदम प्रयास गरिरहेको बताउँदै कसैलाई दोष लगाउनुभन्दा पहिला दशी, प्रमाण र आधार खोज्नुपर्छ, बिना प्रमाणका आधारमा आरोप लगाउनु उपयुक्त हुदैन भने ।

अधिवक्ता डा भीमार्जुन आयार्यले अहिले नेपालको न्यायायलयमाथि जुन प्रकारले आक्रमण गरिएको छ, यसले कसैलाई जितको अनुभूति नदिने धारणा राखे । 

काठमाडौँ स्कुल अफ ल का कार्यकारी निर्देशकसमेत रहेका पूर्वमहान्यायाधिवक्ता प्रा डा संग्रौलाद्वारा प्रकाशित उक्त पुस्तक नेपालमा फौजदारी न्यायमा देखिएका समस्या र त्यसको समाधानमा केन्द्रित छ ।