🌞
मौसम
काठमाडौं...
साँघु पात्रो
वार
नेपाल समय
💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ 🥦 तरकारी भाउ💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ 🥦 तरकारी भाउ
▲ थप जानकारीको लागि यहाँ क्लिक गर्नुहोस् ▲
साँघु पात्रो SANGHU NEPALI CALENDAR
तिथि
Sun
सोMon
मंTue
बुWed
बिThu
शुFri
Sat
लोड गर्दै...
© SanghuNews पात्रो sanghunews.com
🕐
नेपाल समय
Nepal Standard Time (UTC+5:45)
☀️
काठमाडौं
...
मौसम लोड हुँदैछ...

कङ्गोमा जातिय झडप, २६ जनाको मृत्यु, दर्जनौं घर जलाइए

किन्सासा । प्रजातान्त्रिक गणतन्त्र कङ्गोमा शनिबार भएको अन्तरजातीय भगडाका कारण शुरुभएको झडपमा परी कम्तिमा २६ जनाको मृत्यु भएको घटनापछि त्यहाँ पुगेका सुरक्षाकर्मीले आइतबार बताएका छन् ।

हेमा तथा लेन्डु समुदायका सदस्यबीच भएको झडपमा पूवी इत्रु प्रान्तको हेमा गाउँमा केही गाउँलेलाई हमलागरी हत्या गरिएको इत्रु प्रान्तका गभर्नरको कार्यालय निकट स्रोतले जनाएको छ । 

आक्रमणका क्रममा केही घरटहरामा आगो लगाइएको बताउँदै अधिकारीले भने घटनामा दर्जनौँ घरहरू जलेका बताइएको छ ।

केही दिनको झडपपछि अहिले घटनास्थलमा प्रहरी र सेना पुगेको र स्थिति सुरक्षा नियन्त्रणमा रहेको बताइएको छ ।

उक्त क्षेत्रमा सन् २००१ र सन् २००६ मा भएका उक्त दुई समुदायबीचको लडाइँमा कम्तिमा ६० हजार नागरिकले ज्यान गुमाएका थिए ।