🌞
मौसम
काठमाडौं...
साँघु पात्रो
वार
नेपाल समय
💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ 🥦 तरकारी भाउ💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ 🥦 तरकारी भाउ
▲ थप जानकारीको लागि यहाँ क्लिक गर्नुहोस् ▲
साँघु पात्रो SANGHU NEPALI CALENDAR
तिथि
Sun
सोMon
मंTue
बुWed
बिThu
शुFri
Sat
लोड गर्दै...
© SanghuNews पात्रो sanghunews.com
🕐
नेपाल समय
Nepal Standard Time (UTC+5:45)
☀️
काठमाडौं
...
मौसम लोड हुँदैछ...

वीपीसीको एफपीओ काण्डले सेबोन बन्यो कलंकित ! तीन करोडको चलखेल ?!

काठमाडौं । नेपाल धितोपत्र बोर्ड(सेबोन)को मनपरीतन्त्रले गर्दा नेपालको धितोपत्र बजारमा कहिल्यै नसचिनेगरी विकृति छाउने कार्य भएको छ । नेपाल धितोपत्र बोर्डका अध्यक्ष डा. रेवतवहादुर कार्की र उनी निकट कर्मचारीहरुले अख्तियारको ब्यापक दुरुपयोग गर्दै धितोपत्र ऐन, २०६३ र धितो पत्र दर्ता तथा निष्काशन नियमावली, २०७३ को ठाडो उल्लंघन गरेको मात्रै होइन ऐन, नियम कुल्चिएर ब्यक्तिगत स्वार्थका लागि मनपरी निर्णय गर्ने गरेको तथ्य बुटबल पावर कम्पनीलाई एफपीओ(फर्दर पब्लिक इस्यू)का लागि अनुमति दिएबाट पुष्टि भएको छ ।

धितोपत्र ऐन, २०६३ को दफा–२(दुई)को (फ)ले गरेको ब्यवस्था र मापदण्डविरुद्ध गई अध्यक्ष डा. कार्कीको समूहले बुटबल पावर कम्पनीका साहुजीहरु पद्म ज्योति, प्रदीपकुमार श्रेष्ठ, राजीव राजभण्डारी, विजयकृष्ण श्रेष्ठ र विजयवहादुर श्रेष्ठको प्रभावमा परेर मिलेमतोमा एफपीओ जारी गर्न अनुमति दिएको स्रोतको दावी छ । एफपीओ  जारी गर्न अनुमति दिंदा ऐन र नियमले निर्धारण गरेको मापदण्ड मिचेको मात्र होइन ऐन, नियमले गरेको ब्यवस्थालाई जबर्जस्ती बलात्कार गरेको आरोप शेयर बजारविज्ञहरुले लगाएका छन् ।  

 धितोपत्र ऐन, २०६३ को दफा–२(दुई)को (फ)ले गरेको ब्यवस्था यस प्रकार रहेको छ– “सार्वजनिक  निष्काशन”  भन्नाले  संगठित  संस्थाले  आफ्नो  धितोपत्र  बिक्री  गर्न सर्वसाधारण समक्ष विवरणपत्र प्रकाशन गरी राखेको प्रस्ताव सम्झनु पर्छ ।’’  त्यस्तै धितोपत्र दर्ता तथा निष्काशन नियमावली, २०७३ को नियम १४ ले ‘‘धितोपत्रको थप सार्वजनिक सम्बन्धी ब्यवस्था(१) धितोपत्रको प्रारंभिक सार्वजनिक निष्काशन गरी सूचीकरण भैसकककेको संगठित संस्थाले आफ्नो पूँजी बृद्धि गर्नु परेमा धितोपत्रको थप सार्वजनिक निष्काशन (फर्दर पब्लिक इस्यू) गर्न सक्ने छ’’ भन्ने मापदण्ड स्पष्टसंग तोकेको छ । बुटबल पावर कम्पनीले अहिलेसम्म आईपीओ (सार्वजनिक निष्काशन) नै गरेको छैन ।

धितोपत्र ऐन र उल्लेखित नियमको  मापदण्ड र ब्यवस्थालाई कुल्चिएर क–कसको ब्यक्तिगत स्वार्थपूर्ति गर्नका लागि एफपीओ जारी गर्ने अनुमति दिईयो भन्ने प्रश्नले अहिले बजार तातेको छ ।

 शेयर बजारमा चलेको हल्ला अनुसार, बुटबल पावर कम्पनीलाई एफपीओ जारी गर्न अनुमति दिने क्रममा नेपाल धितो पत्र बोर्डका कार्यकारी अध्यक्ष डा. रेवतवहादुर कार्की र उनी निकट समूह डेढ करोडको थैलीको प्रभावमा परेर ऐन, नियम मिच्ने र शेयर बजारमा विकृति फैलाउने कुकार्य गरिएको हो ।