काठमाडौं, माघ २१ \\ नेपाली काङ्ग्रेसका नेता चन्द्र भण्डारीले ट्वीटमा अभिव्यक्त गर्नुभएको विचारमाथि व्यापक प्रतिकृया आएका छन्।
chandra Bhandari @chandragulmi9
बी पी कोइराला लाई थुन्नेहरु जसरी पछुताएका छन्, त्यसरीनै ०४६ सालमा भारतीय नेतालाइ भाषण गराउने पनि पछुताएका छन् । ओली जी, अब बन्दगर नाटक ।
chandra Bhandari @chandragulmi9 को उपरोक्त ट्वीटमा यस्ता प्रतिकृया आएका छन् –
Ananda Ram Paudel @AnandaRamPoudel
Retweeted Chandra Bhandari
०४६ सालमा भारतले नाकाबन्दी गर्दा समर्थन गर्ने, र नाकाबन्दी लगाउने उनै भारतीय नेताहरुलाइ नै नाकाबन्दी लगाइरहेकै बेलामा यहाँ बोलाएर भाषण गर्नलगाउनेहरुले अहिलेसम्म पछुतो मानेका छैनन्।




