🌞
मौसम
काठमाडौं...
साँघु पात्रो
—
वार
—
नेपाल समय
—
💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ 🥦 तरकारी भाउ💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ 🥦 तरकारी भाउ
▲ थप जानकारीको लागि यहाँ क्लिक गर्नुहोस् ▲
साँघु पात्रो SANGHU NEPALI CALENDAR
—
—
तिथि
—
— —
आSun
सोMon
मंTue
बुWed
बिThu
शुFri
शSat
लोड गर्दै...
© SanghuNews पात्रो sanghunews.com
🕐
नेपाल समय
Nepal Standard Time (UTC+5:45)
☀️
काठमाडौं
...
मौसम लोड हुँदैछ...
—
—

प्रधानमन्त्री ओलीः राजनीतिक–ज्ञानका चमत्कार

राजनीतिमा वैद्यता र राजनीतिक शक्तिको चमत्कारिक व्यक्तित्वका सन्दर्भमा विभिन्न समयमा विभिन्न दार्शनिकहरूले अनेक तरिकाले अथ्र्याएका छन् । जर्मन दार्शनिक कार्लमाक्र्स (१८१८–१८८३) र भ्लादिमिर लेलिन (१८७०–१९२४) आदिले संघर्ष, क्रान्ति र जनताको प्रतिरोधबाट मजदुर र जनताको सत्ता ल्याउनु पर्ने कुरालाई वैद्य सत्ता हो भन्ने धारणा राखेका थिए । सन् १९१७ अक्टोवरमा तत्कालीन सोभियत संघमा यसै मान्यतामा रूसी सत्ता ल्याईयो र सन् १९८९ सम्म जवरजस्ती टिकाउने काम गरियो । 

नेपालका प्रधानमन्त्री केपी ओली निर्वाचनमार्फत नै विजयी भएर आएका जनताका वैधानिक शासक हुन् । राजनीतिक वैद्यताको दर्शनले प्रधानमन्त्री ओली कस्तो खाले शासक हुन् त भन्ने पनि बहस समय–समयमा हुने गरेको छ ।

सत्ता र वैद्यताको दर्शन
सत्ताको वैद्यता (लिजिटिमेसी) लाई जर्मन दार्शनिक म्याक्स वेवरले तीन प्रकारले विभाजन गरेका छन् । पहिलो, परम्परागत शक्तिमा अडेको शासक । जस्तो धर्मगुरू, पादरी तथा राजा आदि । दोस्रो, चमत्कारिक शक्ति र कार्यशैली भएको शासक । जस्तो, सन् १९४५ अघि जर्मनका शासक रहेका एडोल्फ हिटलर (१८८९–१९४५), फिल्मको हिरो आदि । तेस्रो, कानुनी वैद्यतामा आधारित शासक । जस्तो लोकतान्त्रिक राजनीतिक प्रणाली अन्तर्रगतको विधिबाट निर्वाचित भएको शासक । प्रधानमन्त्री ओली निर्वाचनको माध्यमबाट विजयी भएर आएको वैद्य (कानुनी) शासक हुन् । यद्यपि प्रधानमन्त्री ओलीमा चमत्कारिक तत्व समेत हावी भएको भनिने गरिएको छ । राजनीतिक चमत्कार प्रशर्दन गर्न सक्नु ओलीको क्षमता, ज्ञान र विशिष्ट शैली पनि हो । यो शैलीले नेपाली राजनीतिमा नयाँ आशा, अपेक्षा र सम्भावनाहरूका ढोका पनि खोल्दैछ ।

आलोचक र विरोध गर्नेहरूले उहाँको अभिव्यक्तिलाई लिएर विरोध गर्ने गरेको भएपनि कतिपय सन्दर्भमा बौद्धिक जगतले उनलाई चमत्कारिक शक्ति, सोच र कार्यशैली भएको शासक हुन् भन्ने पनि गरिएको छ । के साँच्चै उनी चमत्कारिक व्यक्ति हुन् ? प्रधानमन्त्री ओलीको बोली र शासनशैलीमा विश्वमा भएका कस्ता शासकीय दर्शन लुकेका छन्? प्रधानमन्त्रीको भाषणा, घोषणा र शासकीयशैलीको विश्लेषण गरी त्यस्ता चमत्कारिक शैलीसँग प्रधानमन्त्रीलाई तुलना गर्ने गरिएको छ । 

ओली र राजनीतिक चमत्कार
प्रधानमन्त्री ओलीको शासकीय शैली, सोच, कार्यक्षमता, तिक्ष्णता, बुद्धि, ज्ञान, क्षमता आदिलाई विश्लेषण गर्ने हो भने नेपाली राजनीतिमा उहाँलाई चमत्कारिक क्षमता भएको नेता भन्नु पर्ने हुन्छ । कसैलाई गाली र विरोध गर्दा समेत उहाँले बढो व्यङ्गात्मक र मिठासपूर्णशैलीमा गर्नेगर्नु हुन्छ । कतिपय सन्दर्भ र समयमा खरो आलोचना पनि गर्नु हुन्छ । त्यो उहाँको खुवी र क्षमता हो ।

नेपाली राजनीतिका कुशल र अद्भूत क्षमता भएका ओलीको आत्मवल हेर्दा नेपाली राजनीतिक इतिहासमा त्यस्तो नेता न हिजो जन्मियो न अब पछि जन्मेला भन्न कठिन रहेको छ । जनता, पार्टी र आफ्नो समूहको ख्याल गर्ने एउटा अत्यन्त सक्षम नेतृत्व क्षमताका धनी ओलीले नेपालको समृद्धि, विकास र परिवर्तनको क्षेत्रमा ठूलो सपना बोकेको पनि देखिन्छ । ओलीको दिगो सोच, भविश्यको पूर्व अनुमान र पछिको हेरेर आजको निर्णय गर्ने कला र ज्ञानका कारण उहाँ नेपाली राजनीतिमा अतुलनीय व्यक्तित्व बनेका छन् र बन्दैछन् । नेपाली युवामा रहेको राजनीतिप्रतिको अलगावलाई चिर्ने र आशा, भरोसा र अपेक्षाको दियो बाल्ने काम प्रधानमन्त्री ओलीबाटै भयो र भईरहेको पनि छ । 

जनमत र निर्वाचन 
सर्वोच्चको फैसलाले निर्वाचनमा जान दिएन । जुन एक प्रकारले जनमत संग्रह पनि हुन्थ्यो । लोकतन्त्रमा जनमत लिने र निर्वाचनमा जाने कुरालाई अन्यथा भन्न मिल्दैन । भोलि पनि निर्वाचिन हुन्छ, हुनुपर्दछ र गरिन्छ । आउने सबै निर्वाचनमा जनताको साथ र समर्थनबाट सत्तामा आउने दृढता ओलीमा देखिन्छ । भोलि हुने निर्वाचनमा जित्नुपर्दछ र जनताको पूरा विस्वासबाट फेरि प्रगतिशील कार्य गर्न सकिन्छ भन्ने पूर्ण विस्वास जनता र कार्यकर्तालाई जगाउन सक्ने कुशल क्षमता ओलीमा छ । 

संविधान र राजनीतिक समीकरण
संविधानलाई समृद्ध बनाउनु आजको आवश्यकता हो । संविधानमा अक्षर, संसदीय भावना, राष्ट्रिय–अन्तर्राष्ट्रिय अभ्यास, प्रणालीगत विशेषता, समयको आवश्यकता, जनभावना, कानुनी–राजनीतिक व्यवस्था र अवस्था आदि सँगै गाँसिएर आएको हुने भएकोले राजनीतिक अस्थिरताको अन्त्यको लागि निर्वाचन मात्र विकल्प हुन्छ । बरू गर्नुपर्ने कुरा के हुन्छ भने विचार मिल्ने कम्युनिष्ट, लोकतान्त्रिक र देशप्रेमी शक्ति र समूहसँग आवश्यकता र औचित्यको आधारमा अधिकतम राजनीतिक समीकरण (पोलिटिकल एलायन्स) गर्दै अघि बढ्न् पर्ने खाँचो टडकारो रूपमा देखा परेको छ ।सर्वाेच्चको पछिल्लो फैसलाबाट तत्कालीन नेकपा एमाले र माओवादीको एकताबाट बनेको नेकपा कामय नहुने भएपछि फेरि पुरानै दल नयाँ प्रक्रियाबाट अघि बढ्नुपर्ने अवस्था बनाईदियो । त्यसले राजनीतिक समीकरणको औचित्यलाई फेरि प्रमाणित गर्नेछ । एकताको औचित्य सकिएको भएपनि राजनीतिक समीकरणको ढोका खोलिदिएको छ । अर्काेलाई निषेध गरेर मुलुकको राजनीतिक र संवैधानिक क्षेत्रमा सुधार तथा परिवर्तन गर्न सकिन्न ।

गणतन्त्र र ओलीको सिर्जनात्मकता
राजनीतिक पार्टीका विचार, सिद्धान्त, दर्शन, मूल्य, मान्यता, धारणा र कार्यशैली फरक–फरक हुन सक्दछन् । यद्यपि राष्ट्रिय आवश्यकता, मुद्दा र समय अनुसारको आधारभूत तहको सहमती, सहकार्य, एकता, सहसम्बन्ध आदि बढाएरै जानु पर्ने अवस्था छ । नेपाली राजनीति अब लोकतन्त्र, गणतन्त्र र दलीय प्रजातन्त्रको आधार र जग भत्काएर अघि बढ्नै सक्दैन । गणतन्त्र र राजनीतिक परिवर्तन सहितको नयाँ संविधान नेपाली जनताको आत्मा हो, भावना हो र समय चेतनाको यथार्थ हो । अब नेपाल कुनै पनि अवस्थामा पछाडि फर्कन सक्दैन । केही छिटफूट समूहलाई मन नलागेको भएपनि गणतन्त्रको उत्तम विकल्प जनतामा बढी आधारित भएको समृद्ध गणतन्त्र नै हो ।

 यसमा आवश्यक सु्धार, परिवर्तन र आवश्यकता अनुसारको संवैधानिक कानुनी प्रबन्ध गर्दै गणतन्त्रलाई समृद्ध बनाउनै पर्ने अवस्था छ । मुुलुकको राजनीतिक र कानुनी प्रणाली र परिवर्तनको लागि प्रधानमन्त्री ओलीको अटल समर्पण र भूमिका देखिन्छ । जुनसुकै कोणबाट आलोचना गर्ने गरिएको भएपनि प्रधानमन्त्री ओली नेपाली राजनीतिका वैद्य निर्वाचित सत्ता भएको शासक हुन् । वैद्यता सहितको चमत्कारिक सोच र क्षमता भएको नेता प्रधानमन्त्री ओली नेपाली राजनीतिका वर्तमान यथार्थ हुन् । उहाँलाई अलग र निषेध गरेर अब नेपाली राजनीति अघि बढ्ने कल्पना गर्न सकिन्न । मन नपर्नेले पनि अमिलो मन बनाएर भएपनि ओलीको चमत्कारिक व्यक्तित्वलाई स्वीकार्नुको विकल्प रहेन । 

ओलीको राजनीतिक कार्यदिशामा बस्तुगत, तथ्यगत र आधारयुक्त आलोचना पनि गर्दै सहमती, सहयोग तथा सहकार्य गर्नुमै सबै राजनीतिक शक्ति, समूह र व्यक्तिको पनि हितमा देखिन्छ । जे होस नेपाली राजनीतिका चमत्कारिक व्यक्तित्व क्षमता प्रधानमन्त्री ओलीमा देखिन्छ । सिर्जनात्मकतामा त्यो ज्ञान र क्षमताको प्रयोग हुन सक्यो भने मुुलुक अवश्य समृद्ध बन्न सक्दछ ।

ज्ञान, विश्लेषण, क्षमता र दार्शनिक दृष्टिकोणले प्रधानमन्त्री ओली नेपाली राजनीतिका विश्वविद्यालय नै हुन् । जसबाट राजनीतिक, सामाजिक, आर्थिक र साँस्कृतिक सबै पक्ष र क्षेत्रले लाभ लिन तथा सिक्न सक्नु नै सबैको लागि लाभदायक कुरा हो । त्यतिमात्र होइन ओलीमा भएका अनेकौं ज्ञान, विचार र दर्शनलाइ उहाँ जिउँदो हुँदै उहाँबाट लिएर त्यसलाई डकुमेन्टेशन गरी भविश्यको पुस्ताको लागि संग्रह गर्नुपर्ने खाँचो पनि देखिन्छ ।