🌞
मौसम
काठमाडौं...
साँघु पात्रो
वार
नेपाल समय
💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ 🥦 तरकारी भाउ💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ 🥦 तरकारी भाउ
▲ थप जानकारीको लागि यहाँ क्लिक गर्नुहोस् ▲
साँघु पात्रो SANGHU NEPALI CALENDAR
तिथि
Sun
सोMon
मंTue
बुWed
बिThu
शुFri
Sat
लोड गर्दै...
© SanghuNews पात्रो sanghunews.com
🕐
नेपाल समय
Nepal Standard Time (UTC+5:45)
☀️
काठमाडौं
...
मौसम लोड हुँदैछ...

नागरिक लगानी कोषद्वारा आर्थिक सहयोग 

काठमाडाैं । नागरिक लगानी कोषले संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत निः सहाय सेवा सदन जेष्ठ नागरिक आवास गृहलाई २ लाख ५० हजार रुपैयाँ आर्थिक सहयोग गरेको छ । 

सो सहयोग रकमको चेक कोषका निमित्त कार्यकारी निर्देशक डा. ईन्द्रकुमार कट्टेलले निःसहाय सेवा सदनका उपाध्यक्ष करुणा गोविन्द श्रेष्ठलाई हस्तान्तरण गरेका हुन । सो अवसरमा नि. कार्यकारी निर्देशक डा. कट्टेलले कोषले प्रदान गरेको रकमले वद्ध–बृद्धाहरुलाई बुढेशकालमा आफूलाई आवश्यक पर्ने सामान खरिद गर्न सहयोग पुग्ने बताए ।

यो भन्दा अघि पनि कोषले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत सामाजिक कार्यमा सहयोग पु¥याउदै आएको थियो । कार्यक्रममा कोषका तर्फबाट का.मु निर्देशकद्वय शोभा श्रेष्ठ सुवेदी र हेमन्त पोखरेल, उपनिर्देशक अमृत बहादुर अधिकारी लगायतका पदाधिकारी सहभागी थिए ।  

कोषले ३१ औं वार्षिकोत्सवको अवसरमा सो सहयोग गरेको हो । कोषकोे ३१ औं वार्षिकोत्सव आगमी ४ चैतमा रहेको छ । आवास गृहमा आश्रित बृद्ध–बृद्धाहरुको आर्थिक जीवनयापनमा केही सहयोग पु¥याउने उद्देश्यले खाद्यान्न, लत्ता कपडा लगायतका दैनिक आवश्यक पर्ने सामान खरीदको लागि सो रकम प्रदान गरिएको हो । सहयोग रकमबाट सेवा सदनमा रहेका ३५ जना लाभान्वित हुने अपेक्षा गरिएको छ ।