🌞
मौसम
काठमाडौं...
साँघु पात्रो
वार
नेपाल समय
💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ 🥦 तरकारी भाउ💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ 🥦 तरकारी भाउ
▲ थप जानकारीको लागि यहाँ क्लिक गर्नुहोस् ▲
साँघु पात्रो SANGHU NEPALI CALENDAR
तिथि
Sun
सोMon
मंTue
बुWed
बिThu
शुFri
Sat
लोड गर्दै...
© SanghuNews पात्रो sanghunews.com
🕐
नेपाल समय
Nepal Standard Time (UTC+5:45)
☀️
काठमाडौं
...
मौसम लोड हुँदैछ...

उत्तर कोरियाले पेट्रोलियम आयातमा तोकिएको सीमा उल्लङ्घन

सियोल। उत्तर कोरियाले प्रतिबन्धले तोकेको वार्षिक सीमाभन्दा बढी प्रशोधित पेट्रोलियम पदार्थ आयात गरेको संयुक्त राष्ट्र सङ्घका विज्ञहरूले शनिबार बताएका छन् । 

एएफपीलाई प्राप्त एक रिपोर्ट अनुसार प्योङ्याङ्ले वार्षिक पाँच लाख ब्यारेल पेट्रोलियम पदार्थ आयात गर्न पाउने भएपनि गत वर्ष यो सीमा पार भएको राष्ट्र संघ सुरक्षा परिषद्को विज्ञहरूले बताएका हुन् ।

नयाँ रिपोर्ट अनुसार गत वर्ष जनवरीदेखि सेप्टेम्बरसम्ममा कोरियाले कुन देशको भनेर परिचय नखुलेका केही मुलुकका १२१ सामुद्रिक ट्याङ्करको प्रयोग गरी ग्यास तथा डिजेललगायतका पदार्थलाई आयात गरेको हो । 

उत्तर कोरियालाई आवश्यक भनी तोकिएकोभन्दा बढी पेट्रोलियम पदार्थको आयातबाट प्योङ्याङ्ले आफ्नो आवश्यकताभन्दा बढी पेट्रोलियम पदार्थको आयात गरी आफ्नो हतियार विकासमा प्रयोग गरेको आशङ्का विज्ञहरूले गरेका हुन् ।

उत्तर कोरियाले राष्ट्रसङ्घको प्रतिबन्धभन्दा कोइला, माछा र टेक्सटायललगायतका सामानको निर्यातको सिलिङ (सीमा)लाई पनि पार गरेको र यसरी प्राप्त राजश्वलाई हतियार विकासमा लगाएको दावी राष्ट्रसंघीय समितिको रहको छ । 

प्योङ्याङले सन् २०१९ जनवरीदेखि सन् २०२० नोभेम्बरसम्मको कूल ‘भर्चुअल एसेट’ चोरीको मूल्य करीब ३१ करोड ६४ लाख अमेरिकी डलर रहेको तथ्याङ्कले देखाएको छ ।