• बुधबार-बैशाख-१२-२०८१

बालविवाह गर्ने र गराउने कार्यमा संलग्न ३ जना पक्राउ


पर्सा। वीरगंज महानगरपालिका-१६ स्थित भुटनदेवी मन्दिरबाट बालविवाह गर्ने र गराउने कार्यमा संलग्न रहेको अभियोगमा ३ जनालाई शुक्रबार प्रहरीले पक्राउ गरेको छ ।


पक्राउ पर्नेहरूमा विवाह गर्ने दुलही १८ वर्षीया किशोरी, सोही नगरपालिका-१६ नगवा बस्ने दुलाहा १९ बर्षीय गुड्डु सर्राफ र दुलाहाका बुवा ४६ वर्षीय कृष्ण सर्राफ रहेका छन् ।


मुलुकी अपराध संहिताको दफा १७३ विपरीत उक्त मन्दिरमा बालविवाह गरेको भन्ने खबर प्राप्त हुनासाथ जिल्ला प्रहरी कार्यालय पर्साबाट खटिएको प्रहरीले उनीहरूलाई पक्राउ गरेको हो ।
उनीहरू उपर जिल्ला अदालत पर्साबाट ७ दिन म्याद अनुमति लिई थप अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ ।

प्रतिकृया दिनुहोस