• शुक्रबार-चैत-१६-२०८०

सडक पाइलटसँग अन्तरंग : पन्ध्रको लोभ गर्दा पाँच सयको चिट हात पर्छ : रामचन्द्र डोटेल

 

(आफैले गरेको काममा किन चिन्ता गर्नु । त्यसरी नै चिन्ता नगरी अगाडि बढ्ने सडक पाइलट हुन् रामचन्द्र डोटेल । उमेरले ३६ वर्षका युवा भइसके । स्कुले उमेरबाटै काम गर्न थालेका मकवानपुरका डोटेललाई पढाइ छाडेको एकरत्ति पनि पछुतो छैन । बा २ ख ९६५७ नम्बरको गाडीका चालक डोटेलले साँघु प्रतिनिधिसँग अहिलेसम्मको जीवनको डायरी खोलेका छन्–सम्पादक) 

 

० गाडीलाइनमा आएको कति भयो ?
–१५ वर्षदेखि हो । 


० कति पढेर छाड्नु भयो ?
–१० कक्षा पढ्दा पढ्दापढ्दै हो । 


० पढाइ छाडेर के गरियो ?
–यत्तिकै बसिएको थियो । साथीभाइको संगतले गाडीलाइनमा आइयो । 


० के गर्नुभयो पहिले ?
–ढोकामा बसियो सानो गाडीको काठमाडौंमा । ३÷४ महिनामात्र बसियो ढोकामा ।

 
० त्यतिमात्रै ?
–त्यसपछि त टेम्पु चलाउन थालिहालेँ । 


० कति चलाउनुभयो ट्याम्पु ?
–३÷४ वर्ष चलाइयो । 


० त्यसपछि ?
–ट्याम्पु विस्थापित भयो । फोर्स आयो । त्यसपछि निरन्तर यही फोर्स चलाइरहेको छु । 


० गाडी आफ्नो कि साहुको ?
–साहुको हो । 


० लामो समयदेखि गाडी चलाएपछि आफ्नै गाडी होस् भन्ने भएन ?
–अब हेरौं । हुन पनि सक्छ । 


० कस्तो छ नि गाडीलाइन ?
–लकडाउन भन्दा अगाडि ठीक थियो । अहिले त खत्तम छ । 


० लकडाउनमा के गर्नुभयो त ?
–६ महिना हेटौंडा गाउँमै बसियो । खेतीपाती गरियो । दशैं मनाएरमात्र आएको काठमाडौंमा । 


० तपाईलाई लहलहैमा लगाउने साथीहरू कता छन् नि ?
–तिनीहरू कोही यतै छन् । कोही विदेश गए । यो लाइनमा भने छैनन् । 


० तपाईलाई विदेश जाने मन लागेन ?
–पहिले जाने मन लागेको हो । तर गइएन । अब त उमेर पनि भइसक्यो के जानु र । 


० भोलिका दिनमा के गर्ने मन हो ?
–अब यत्रो वर्ष यही लाइनमा भइयो । गाडी नै चलाउने हो । अरु केही आउँदैन । 


० ट्राफिक प्रहरीको व्यवहार कस्तो छ नि ?
–पहिले दुःख दिन्थ्यो । लकडाउनपछि अलि दुःख दिन छाडेको छ । 


० दुःख किन दिन्थ्यो ?
–लापरबाही गरिन्थ्यो । स्टप कहिँ छैन । गल्ती नै गरे त अहिले पनि कारबाही गर्छ । पन्ध्र रुपैयाँको लोभ गर्दा पाँच सयको चिट काट्छ । यात्रु हाल्ने मन लागिहाल्छ । 


० सन्तान कति छन् ?
–दुई जना छन् । एक छोरा एक छोरी ।

 
० लकडाउनमा के गरे ?
–घरमै बसे । स्कुल बन्द थिए । अनलाइन भएन । स्कुल खुलेपछिमात्र गए पढ्न । 


० चुनाव आउँदैछ भन्छन् । भोट हाल्ने होला नि ?
–भोट त हाल्नुपर्छ नि । पहिले पनि हालेकै हो । हाम्रो पनि मजदूर संगठन छ । 


० नेताहरूप्रति भरोसा छ ?
–बुढा नेताहरूले चाहिं केही गर्लान् जस्तो त लाग्दैन । तर, युवा नेताहरूमा आश छ, त्यसैले भोट त हाल्नुप¥यो नि । 


० सम्मान कत्तिको छ नि ?
–कसैले गर्छन् कसैले गर्दैैनन् । पहिले त गाउँमा पनि थियो । अहिले त घरैपिच्छे ड्राइभर छन् । 
 

प्रतिकृया दिनुहोस