यसअघि तत्कालीन एसपी सर्बेन्द्र खनाल र दिनेश अमात्यले धनुषाका सबै अबैध मदिरा उत्पादन गर्ने ब्यक्तिहरूलाई कानुनी दायरामा ल्याई सबै भट्टी पूर्णतः बन्द गरेका थिए । त्यसमध्ये पूर्र्वी धनुषाका बल्हा कठालका अबैध मदिरा उत्पादन गर्ने फुलकुमार चौधरी, जोगन यादब, बिन्देश्वर चौधरी, महेन्द्र चौधरी, बिरेन्द्र चौधरी, प्रदीप यादब, सबैलाका राम चन्द्र जयसवाल यदुकोहाका अयोधी चौधरी लागायतकाहरूले खुलेआम बिषाक्त मदिरा उत्पादन गरिरहेका छन् ।
तर हाल भट्टी भत्किएर लाखौं रुपैयाको क्षति बेहोरेका धाकड अबैध मदिरा उत्पादक इनर्वाका राजा गोइत, सिनुरजोराका गोरख यादब, यदुकोहाका श्याम चौधरी, कालीचरण साह लगायतकाहरूको भट्टी पूर्णतः बन्द छन् । केही बर्षअघि विषाक्त मदिरा सेवनबाट धनुषामा डेढ दर्जन ब्यक्तिको ज्यान गएको थियो ।
धनुषाबाट रमाना लिने तरखरमा रहेका सई यादवले भठ्ठीबालाहरूसंग भेटघाट तीब्र बनाएको र असारसम्मको महिनावारी असुली गर्न उद्दत छन् । यति हु“दाहु“दै पनि प्रहरी प्रधान कार्यालयले किन मौनता सा“धेको होला भन्ने प्रश्न धनुषा प्रहरीभित्रै चर्चाको बिषय बनेको छ ।
सई यादवबिरुद्ध संगठनभित्रैबाट विभिन्न निकायमा उजुरी परेको छ । उनले प्रहरी आचरण विपरीत क्रियाकलाप गरेको भन्दै प्रहरी प्रधान कार्यलय, नक्साल, केन्द्रीय अनुसन्धान ब्युरो, अख्तियार दुरुपयोग अनुसन्धान आयोग, राष्ट्रिय सतर्कता केन्द्र, सम्पत्ति शुद्धिकरण विभागलगायतका निकायमा उजुरी परेको खबर छ ।



