• बिहीबार-बैशाख-१३-२०८१

गायिका अञ्जु पन्तले गरिन् दोस्रो पटक बिहे

गायिका अञ्जु पन्त दोस्रोपटक विवाह बन्धनमा बाँधिएकी छन् । 
 

पन्तले बुधबार पाटनको एक चर्चमा थीर कोइरालासँग विवाह गरेकी हुन् । 


विवाहपछि अन्जुले सामाजिक सञ्‍जाल फेसबुकमा आफ्नो विवाहको तस्बिर र भिडियो सार्वजनिक गरेकी छन् । 


अञ्जुजस्तै क्रिश्चियन धर्म मान्ने कोइराला गीतकार हुन् । एक अन्तरवार्ताका क्रममा चिनजान भएर नजिकिएका उनीहरू केही समयदेखि प्रेम सम्बन्धमा थिए । केही समयअघि मात्रै उनीहरूले प्रेम सम्बन्धबारे सार्वजनिक गरेका थिए । 


पन्तले यसअघि गायक तथा संंगीतकार मनोज राजसँग विवाह गरेकी थिइन् । तर उनीहरूको सम्बन्ध लामो समय अघि बढ्न सकेन । एक दशकअघि उनीहरूको बाटो छुट्टियो ।


मनोजराजले लगत्तै दोस्रो घरजम गरे पनि अञ्जु लामो समय एक्लै रहिन् । उनलाई आफ्नै छोरीले विवाहका लागि दबाब दिएको अञ्जुले आफ्नो अन्तरवार्ताका क्रममा बताउँदै आएकी छन् । 

प्रतिकृया दिनुहोस