• शुक्रबार-चैत-१६-२०८०

एक–अर्कालाई लड्डु खुवाएर प्रचण्ड र माधव नेपालले साटे खुसी 

 

काठमाडौं । नेकपा (प्रचण्ड–माधव नेपाल) समूहका अध्यक्षद्वय प्रचण्ड र माधवकुमार नेपालले एक–अर्कालाई लड्डु खुवाएर प्रतिनिधि सभा पुनर्स्थापनाको खुसी साटासाट गरेका छन् । 


२०७७ फागुन १२ गते बुधबार हुने कार्यक्रमलाई सम्बोधन गर्न चितवन पुगेका प्रचण्ड र नेपालले एक अर्कालाई लड्डु खुवाएर खुसी साटासाट गरेका हुन् ।

 

त्यसअघि उनीहरूले उपस्थित कार्यकर्तालाई टीका लगाइ दिएका थिए । त्यसपछि प्रचण्ड र माधव नेपालले एकअर्कालाई लड्डु खुवाएपछि कार्यकर्तालाई बाँडियो । 

 

०७७ पुस ५ मा बसेको मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपतिले गरेको प्रतिनिधि सभा विघटनलाई   २०७७ फागुन ११ गते मंगलवार सर्वोच्च अदालतको संवैधानिक इजलासले बदर गरेको छ ।

 

फैसलाको १३ दिनभित्र संसद् बैठक बोलाउने गरी फैसला सुनाएपछि विघटनविरुद्ध सुरुदेखि नै संघर्षरत प्रचण्ड–माधव नेपाल समूह उत्साहित भएको छ ।  सर्वोच्च अदालतको संवैधानिक इजलासकाे आदेश अनुसार सरकारले २०७७ फागुन २३ गतेका लागि संसद बाेलाउनु पर्ने छ । 


 

प्रतिकृया दिनुहोस