• बिहीबार-बैशाख-१३-२०८१

जबरजस्ती करणी गरेको अभियोगमा पक्राउ


काठमाडौं। मकवानपुर, १५ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा पर्सा ठोरी गाउँपालिका-५ बस्ने जेम्स भन्ने २३ वर्षीय कुमार तामाङलाई शुक्रबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।

 

हेटौंडा उपमहानगरपालिका-२ स्थितमा तामाङले ती किशोरीलाई जबरजस्ती करणी गरेको भन्ने खबर प्राप्त हुनासाथ जिल्ला प्रहरी कार्यालय मकवानपुरबाट खटिएको प्रहरीले तामाङलाई पक्राउ गरेको हो ।


कैलाली, १५ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा चुरे गाउँपालिका-४ बस्ने ४० बर्षीय नरेश देउवालाई बिहीबार राति प्रहरीले पक्राउ गरेको छ ।

 

देउवाले ती बालिकालाई ललाई फकाई होटलमा लगी जबरजस्ती करणी गरेको खबर प्राप्त हुनासाथ जिल्ला प्रहरी कार्यालय कैलालीबाट खटिएको प्रहरीले उनलाई धनगढी उपमहानगरपालिका-४ बसपार्कमा फेला पारी पक्राउ गरेको हो । यस सम्बन्धमा स्थानीय प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

प्रतिकृया दिनुहोस