काठमाडौं, माघ १६ \\ एनसेललाइ कर छल्ने बाटो बनाइदिने र कर छल्ने ब्यवस्था मिलाइदिने तत्कालीन करप्रशासकहरु नै पहिलो अपराधी हुन् भनेर पूर्वमुख्यसचिव (हाल चीनको लागि नेपाली राजदूत) लीलामणि पौडेलले ठोकुवा गरेका छन्।
अहिले चीनको लागि नेपालको राजदूत रहेका पूर्वमुख्यसचिवले ट्वीटमा लेखेका छन् – “दुइ वर्षअघि, ‘करचुक्ता नगरी टेलीयालाई उम्कन नदेउ’ भन्दा उल्टो गाली गर्ने र त्यसबेला नेपाल छोडेर सरक्क जान दिने उबेलाका तत्कालीन कर प्रशासकहरू पहिलो अपराधी हुन्। अहिले टेलीया हिंडेको दुई वर्षपछि एनसेललाई कर तिर्न लगाउनुपर्नेमा त्यसोनगरी नेपाली पत्रिकामा सूचना निकाल्नु अर्को कर डुवाउने काइते चाला हो ।”
सँगै अर्को ट्वीटमा लेखेका छन् –
“करको दायित्व एनसेलमा सर्छ समाउने एनसेल हो, टेलिया होइन अहिले। ४० अर्ब कर चुक्ताकालागि जगेडा राखेर कारोवार सम्झौता गर्ने एक्जिएटालाई कर कार्यालयले समाउनु पर्दैन ?”




