🌞
मौसम
काठमाडौं...
साँघु पात्रो
वार
नेपाल समय
💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ 🥦 तरकारी भाउ💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ 🥦 तरकारी भाउ
▲ थप जानकारीको लागि यहाँ क्लिक गर्नुहोस् ▲
साँघु पात्रो SANGHU NEPALI CALENDAR
तिथि
Sun
सोMon
मंTue
बुWed
बिThu
शुFri
Sat
लोड गर्दै...
© SanghuNews पात्रो sanghunews.com
🕐
नेपाल समय
Nepal Standard Time (UTC+5:45)
☀️
काठमाडौं
...
मौसम लोड हुँदैछ...

बागमतीको बैठक सरेको सर्यै 

काठमाडौं । बागमती प्रदेशसभाको बैठक पुनः स्थगित भएको । प्रदेशसभाको आजका लागि तय गरिएको बैठक सूचना टाँस गरेर स्थगित गरिएको हो । 

बुधबार दिउँसो २ बजेका लागि बोलाइएको बैठकमा मुख्यमन्त्री डोरमणि पौडेलविरूद्ध गत माघ ९ मा टेबुल भएको अविश्वासको प्रस्तावमाथि छलफल थाल्ने कार्यसूची थियो । तर विशेष कारण देखाउँदै बैठक स्थगित गरिएको छ । 

प्रदेशसभाका सचिव कृष्णहरि खड्काले एक विज्ञप्ति जारी गर्दै अनिश्चितकालका लागि बैठक स्थगित भएको जनाएका छन् । 
 

बागमती प्रदेशसभामा मुख्यमन्त्रीविरुद्ध अविश्वासको प्रस्ताव पेस भएपछि पटक पटक स्थगित गरिएको छ । यसअघि गत माघ १९ गते बैठक डाकिएकोमा स्थगित गरिएको थियो । 

पटक पटक प्रदेशसभाको बैठक स्थगित गरेपछि मुख्यमन्त्रीविरुद्धको अविश्वास प्रस्तावको छलफल पछाडि धकेलिएको छ । अविश्वास प्रस्ताव दर्ता गराएका प्रचण्ड–माधव नेपाल समूहले सभामुखको कार्यशैलीप्रति असन्तोष जनाएका छन् ।