• शुक्रबार-चैत-१६-२०८०

टोकियो ओलम्पिक २०२० का आयोजकद्वारा नयाँ नेतृत्वका लागि पाँच मापदण्ड निर्धारण

 


टोकियो, ४ फागुन (रासस/सिन्ह्वा) : टोकियो २०२० का आयोजकहरूले नयाँ प्रमुखको छनौट गर्न पाँच मापदण्ड घोषणा गरेका छन् ।

 

टोकियो ओलम्पिक २०२० को नेतृत्व चयन समितिका अध्यक्ष फुजियो मिताराइको नेतृत्वमा चयन समितिले योशिरो मोरीका उत्तराधिकारीका लागि आवश्यक पर्ने पाँच आवश्यकतामा सहमति जनाएको हो ।


 
मोरीको महिलामाथि लैङ्गिक विभेद् हुने गरी आएको टिप्पणीपछि ओलम्पिक समितिको आलोचना भएपछि उहाँले गत हप्ता राजिनामा दिनुभएको थियो । 

 

खेल आयोजकले एक विज्ञप्ति जारी गरी भनेको छ, “नयाँ नेतृत्वमा ओलम्पिक खेलबारे गहिरो जानकारी, टोकियो २०२० खेलको सैद्धान्तिक पक्षको गहिरो ज्ञान भएको र खेलबारे विश्वव्यापी जानकारी रहेको तथा व्यवस्थापकीय कामका लागि क्षमतावान् तथा दक्षता नेतृत्व चयनका लागि पाँच मापदण्ड हुने र त्यो गुणले सम्पन्न व्यक्ति मोरीको उत्तराधिकारी चयन हुने छ ।” 
–––

प्रतिकृया दिनुहोस