🌞
मौसम
काठमाडौं...
साँघु पात्रो
—
वार
—
नेपाल समय
—
💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ 🥦 तरकारी भाउ💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ 🥦 तरकारी भाउ
▲ थप जानकारीको लागि यहाँ क्लिक गर्नुहोस् ▲
साँघु पात्रो SANGHU NEPALI CALENDAR
—
—
तिथि
—
— —
आSun
सोMon
मंTue
बुWed
बिThu
शुFri
शSat
लोड गर्दै...
© SanghuNews पात्रो sanghunews.com
🕐
नेपाल समय
Nepal Standard Time (UTC+5:45)
☀️
काठमाडौं
...
मौसम लोड हुँदैछ...
—
—

१७ नक्कली चिकित्सक र रक्तचन्दन  वाला पनि पक्राउ

काठमाडौँ, १५ माघ  : नेपाल प्रहरी केन्द्रीय अनुसन्धान व्यूरोले काठमाडौँ उपत्यकाका पाँच अस्पतालबाट १७ चिकित्सक तथा सञ्चालकलाई माघ १५ गते पक्राउ गरेको छ । 

पक्राउ परेकामा एपोलो अस्पताल, चाइना गेटवाल, चाइना पिपुल, निजामती अस्पताल, चाइना डेन्टलका सञ्चालक तथा चिकित्सक रहेको ब्यूरोका प्रवक्ता जीवनकुमार श्रेष्ठले जानकारी दिएका छन्  । ब्यूरोबाट खटिएको टोलीले मेडिकल काउन्सिल र उपभोक्ता हित संरक्षण मञ्चका सहयोगमा अपराह्न विभिन्न स्थानबाट तिनलाई पक्राउ गरेको थियो । 

रक्तचन्दनसहित पक्राउ  

ब्यूरोले अवैध रुपमा रक्तचन्दन ओसारपसार गर्ने चार जनालाई पक्राउ गरेको छ । ब्युरोले काठमाडौँ महानगरपालिका–३२ बाट सिन्धुपाल्चोकका जनकबहादुर कार्की, काठमाडौँका कुमार गुरुङ, रुपन्देहीका जनक पन्थी र मोरङका डिल्लीराम लिम्बूलाई माघ १४ गते आइतबार पक्राउ गरेको हो । 

अवैध रुपमा ओसारपसार गरी खरिदबिक्री गर्न लागेका अवस्थामा प्रहरीले २५० किलोग्राम काठका चिरान पट्टा बरामद गरेको हो । अभियुक्तलाई सङ्कटापन्न वन्यजन्तु तथा वनस्पतिको अन्तर्राष्ट्रिय व्यापार नियन्त्रण ऐन, २०७३ अनुसार कारवाहीका लागि जिल्ला वन कार्यालय हात्तिसार पठाइएको ब्युरोले जनाएको छ । 
–––