🌞
मौसम
काठमाडौं...
साँघु पात्रो
वार
नेपाल समय
💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ 🥦 तरकारी भाउ💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ 🥦 तरकारी भाउ
▲ थप जानकारीको लागि यहाँ क्लिक गर्नुहोस् ▲
साँघु पात्रो SANGHU NEPALI CALENDAR
तिथि
Sun
सोMon
मंTue
बुWed
बिThu
शुFri
Sat
लोड गर्दै...
© SanghuNews पात्रो sanghunews.com
🕐
नेपाल समय
Nepal Standard Time (UTC+5:45)
☀️
काठमाडौं
...
मौसम लोड हुँदैछ...

रामबहादुर थापाको विजय सुनिश्चित गर्न बेदुरामलाइ बलि दिइयो

काठमाडौं, माघ १५ \\   राष्ट्रिय सभाका लागि प्रदेश ३ बाट प्रत्यासीहरुमध्ये एमाले दुईजना र राष्ट्रिय प्रजातान्त्रिक पार्टीका उम्‍मेदवार एकजनाले आफ्‍नो उम्मेदवारी फिर्ता लिएका छन्।

रामबहादुर थापा ‘बादल’को विजय सुनिश्‍चित गरिदिनुपर्ने भएकोले एमालेका बेदुराम भुसाललाई अन्‍तिम समयमा पार्टी नेतृत्वले उम्‍मेदवारी फिर्ता लिन निर्देशन दिइएको बुझिएको छ।

बेदुराम भुसाल माधव नेपाल कोटाबाट प्रत्‍यासी बनेका थिए।

प्रदेश ३ अन्तर्गतका महानगरपालिका, नगरपालिका र गाउँपालिकाका मेयर,उप-मेयर तथा अध्‍यक्ष-उपाध्‍यक्षले बेदुरामलाई पहिलो प्राथमिकताको मत दिनसक्ने र त्यसोहुँदा बादल पराजित हुने स्पष्ट देखिएकाले बेदुरामको उम्मेदवारी झिक्नलगाउन प्रचण्डले केपी ओलीलाइ सहमत गराएको बुझिएको छ।