दलाई लामाले सन् २०१७, १२ जुनदेखि २८, सम्म अमेरिकाको भ्रमण गरे पनि यस पटक अमेरिकी राष्ट्रपति ट्रम्पले उनलाई भेट्न मानेनन् । दलाई लामा अमेरिकामा नै रहेको बेला २५ जुनमा अमेरिका पुगेर २६ जुनमा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पस“ग ह्वाईटहाउसमा भेट गरेका भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले समेत दलाई लामास“ग भेट गर्न लबिङ गरे पनि कडा स्वभावका ट्रम्प टसमस नै नभएको समाचार अन्तर्राष्ट्रिय समाचार एजेन्सीहरूले दिएका थिए ।
अमेरिकी राष्ट्रपतिले भेट गर्न नमानेपछि मानसिक तनावमा रहेका दलाई लामा हाल लद्दाकको लामो भ्रमणमा छन् र लद्दाक भ्रमणबाट केही धार्मिक कदमहरू चाल्ने दलाई लामा निकट पण्डितहरूले भविष्यवाणी गरिरहेका छन् ।



