🌞
मौसम
काठमाडौं...
साँघु पात्रो
वार
नेपाल समय
💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ 🥦 तरकारी भाउ💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ 🥦 तरकारी भाउ
▲ थप जानकारीको लागि यहाँ क्लिक गर्नुहोस् ▲
साँघु पात्रो SANGHU NEPALI CALENDAR
तिथि
Sun
सोMon
मंTue
बुWed
बिThu
शुFri
Sat
लोड गर्दै...
© SanghuNews पात्रो sanghunews.com
🕐
नेपाल समय
Nepal Standard Time (UTC+5:45)
☀️
काठमाडौं
...
मौसम लोड हुँदैछ...

लिखित संविधान नभएका यी पाँच मुलुक

विश्वमा केही यस्ता मुलुकहरू छन् जसको लिखित संविधान नै छैन । यी मुलुकको शासन व्यवस्था र कानुन अन्य मापदण्डअनुरुप चल्ने गर्दछ । हो, यस्तै लिखित संविधान नभएको मुलुकमध्ये एक हो साउदी अरेबिया । यस मुलुकको आफ्नै संविधान छैन । कुरानमा लेखिएको कुरालाई सर्वाेच्च मान्दै फैसला लिने गरिन्छ । उत्तर अमेरिकी मुलुक क्यानडाको संविधान पनि विवादित छ । क्यानेडाली नागरिकहरू यहाँ अलिखित संविधानद्वारा शासन भइरहेको बताउँछन् । तर पनि यहाँका नागरिकहरू खुसी नै छन् ।

क्यानडामा लिखित संविधान भएतापनि सरकारले भने अलिखित संविधानको नियमहरू पालना गरेको बताइन्छ । युरोपेली मुलुक बेलायतको पनि आफ्नै संविधान छैन । पुराना केही नीति नियमहरूलाई नै पालना गर्दै यहाँको शासन चलाइन्छ । बेलायतको कानुनलाई समय र परिस्थिति अनुसार संसदद्वारा परिवर्तन गरिन्छ । न्यूजिल्याण्डमा पनि लिखित संविधान छैन । अलिखित संविधानमै आधारित रहेर यहाँको न्याय तथा प्रशासनिक व्यवस्था चल्ने गर्दछ । पुराना कानुनकै आधारमा शासन प्रणाली चल्ने गर्दछ । त्यसैगरी, सन् १९४८ मा स्वतन्त्र भएको मुलुक इजरायलको पनि आफ्नै संविधान छैन । अलिखित संविधानद्वारा नै यहाँ शासन चलाइन्छ ।