🌞
मौसम
काठमाडौं...
साँघु पात्रो
वार
नेपाल समय
💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ 🥦 तरकारी भाउ💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ 🥦 तरकारी भाउ
▲ थप जानकारीको लागि यहाँ क्लिक गर्नुहोस् ▲
साँघु पात्रो SANGHU NEPALI CALENDAR
तिथि
Sun
सोMon
मंTue
बुWed
बिThu
शुFri
Sat
लोड गर्दै...
© SanghuNews पात्रो sanghunews.com
🕐
नेपाल समय
Nepal Standard Time (UTC+5:45)
☀️
काठमाडौं
...
मौसम लोड हुँदैछ...

एमालेले निर्वाचन हार्नुका पा”च कारण

शेरबहादुर तामाङ,

केन्द्रीय सदस्य, नेकपा एमाले

स्थानीय तहको पहिलो र दोस्रो चरणको निर्वाचन सम्पन्न भएको छ । दुवै चरणको निर्वाचनले जनताको पहिलो रोजाइमा एमाले रहेको देखाएको छ । एमालेले दुवै चरणको निर्वाचनमा कांग्रेसभन्दा केही सिटले अगाडि छ । तर, एमालेले केही विषय मिलाउन सकेको भए योभन्दा बढी सिट जित्न सक्ने रहेछ भन्ने कुरा घटनाक्रमहरूले देखाएको छ ।

यसपटक भएका दुवै चरण निर्वाचनमा एमाले कही“ चुकेको छ भने ऊ आन्तरिक व्यवस्थापन गर्न चुकेको छ । आन्तरिक व्यवस्थापन राम्रो गर्न सकेको भए एमालेले अर्को थप ५७ स्थानीय तह जित्ने रहेछ । ५७ स्थानीय तह जित्दा पहिलो र दोश्रो चरणको जम्मा सिटसंख्यामा एमाले एक्लैले ५४ प्रततिशतभन्दा बढी सिट जित्ने रहेछ ।

तुलनात्मक रुपमा प्रदेश नं ३ मा एमालेको टिकट वितरण सन्तुलित नै रह्यो । तर, अन्य क्षेत्रहरूमा टिकट वितरणमा केही समस्याहरू देखिए ।

नेताहरू यतिबेला भन्दै छन्–दुवै चरणको निर्वाचनमा अन्तर्घात भयो । अन्तर्घातको कुरा गर्ने तर, यसलाई त्यत्तिकै छाडेर सामान्यीकरण गर्ने हो भने भोलि फेरि यस्तै समस्याले पार्टीलाई सताउन सक्छ । त्यसैले अहिले नै अन्तर्घात कहा“–कहा“ भए, टुंगो लगाउनु पर्छ । टिकट वितरणदेखि भएको अन्तर्घातलाई पार्टीले सही विश्लेषण गर्नु जरुरी छ ।

यसपटकको निर्वाचनमा एमालेका तीनथरी उम्मेदवार थिए– जनताले चाहेका, कार्यकर्ताले रोजेका र नेतृत्वले जबर्जस्ती थोपरेका । केही अपवादलाई छाडेर हेर्दा जनताले चाहेका उम्मेदवारहरूले सानदार ढंगले जीत निकाले । तर, कार्यकर्ताले चाहेर उम्मेदवार बनेकाहरूले विजयी हुन बढी नै मिहिनेत गर्नुप¥यो । तर, नेतृत्वले थोपरेका उम्मेदवारहरू केही स्थानबाहेक अधिकांशमा पराजित भए ।

हामीले प्रयत्न गर्दा पनि जित्न नसक्ने ठाउ“हरू थिए । एकताबद्ध प्रयत्न गर्दा अझ राम्रो नतिजा निकाल्न सकिने स्थानहरू पनि थिए । तर, हामीले यसको आंकलन गर्न सकेनौं । तैपनि, विजय र पराजय भएका सबै ठाउ“हरूमा सकारात्मक र नरात्मक दुबै प्रवृत्ति रह्यो ।

 निर्वाचन जितेका ठाउ“हरूमा धेरै नकारात्मक विषयहरू जीतसंगै छोपिंदो रहेछ । निर्वाचनमा पराजय भएका ठाउ“हरूमा भएका सबै नराम्रो मात्र देख्ने प्रवृत्तिलाई पनि अन्त्य गर्नु जरुरी छ । निर्वाचनमा पराजय भएका ठाउ“हरूमा निम्न ५ कारणहरू हारका मुख्य कारण रहेको निष्कर्ष पार्टीले निकाल्न सक्छ ।

पहिलो त यसपटक एमालेविरुद्ध सत्ताको चरम दुरुपयोग भयो । सत्ताको दुरुपयोगकै बीच एमालेले चुनाव लड्नु पर्ने बाध्यता रहेकाले जित्ने स्थानहरू पनि हामीले गुमायौं । दोस्रो कुरा, यसपटक पार्टीहरूको घोषित–अघोषित सबै खालको गठबन्धन गरे । तर, एमाले एकाध स्थानबाहेक अधिकांश तहमा एक्लै निर्वाचनमा भिड्यो । यसले पनि एमालेलाई घाटा पुगेको छ ।

पार्टी पराजयको अर्को कारण अन्तर्घात हो । पार्टीले टिकट वितरणमा सबैको चित्त बुझाउन नसक्दा अन्तर्घात भए । कांग्रेस र माओवादीको दा“जोमा आर्थिक स्रोत जुटाउन नसक्दा पनि एमालेले हा¥यो । यो निर्वाचनमा पारिवारिक, क्षेत्रीयता र जातीयता सम्बन्धि सेन्टिमेण्ट पनि हाबी भएकाले यसको असर निर्वाचनमा स्वभाविक रुपले परेको छ ।  प्रवल बन्नु ।

यी विषयहरू मध्ये आन्तरिक अन्तर्घातको विषयमा हामी गम्भीर हुन जरुरी छ । टिकट वितरणदेखि सुरु भएको अन्तर्घात मतदानसम्म पुग्यो । समस्या तलभन्दा माथि नै धेरै छ । राम्रालाई होइन, हाम्रालाई अझ हाम्रालाई पनि होइन मेरालाई टिकट दिने प्रवृत्ति हामीमा रह्यो । फेरि पनि जनताको अभिमत एमाले प्रति सकरात्मक देखियो । यसलाई जोगाएर प्रदेश र केन्द्रको निर्वाचनमा बहुमत मात्र होइन, दुई तिहाई बहुमत जित्न स्थानीय कमिटीहरूको रिपोर्ट लिएर पार्टीले निर्मम समीक्षा गर्नु पर्दछ । पार्टीलाई गुटबन्दीपूर्ण तरिकाले होइन,  एकताबद्ध बनाएर अघि बढ्नु सिंगो एमाले र पार्टी पंक्तिको अबको कार्यभार हो ।