• शुक्रबार-चैत-१६-२०८०

बाइडनको शपथ ग्रहण समारोह बहिस्कार गरेर फ्लोरिडा फर्के ट्रम्प

फाइल तस्वीर

 

काठमाडौं । अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पले नवनिर्वाचित राष्ट्रपति जो बाइडेनको सपथ ग्रहण समारोह बहिस्कार गरेका छन् । उनी शपथ ग्रहण समारोहमा सहभागी नभई  ह्वाइट हाउसबाट गृहराज्य फ्लोरिडा प्रस्थान गरे । 
 

अमेरिकी इतिहासमा नयाँ राष्ट्रपतिलाई निवर्तमान राष्ट्रपतिले शपथ ग्रहण समारोहमा सहभागी भई बधाई तथा शुभकामना दिने प्रचलन छ । तर ट्रम्प यो परम्पराविपरीत बाइडनको शपथ ग्रहण समारोहमा उपस्थित भएनन् । 


अन्तर्राष्ट्रिय सञ्चारमाध्महरूले बहालवाला राष्ट्रपतिले नवनिर्वाचित राष्ट्रपतिको शपथ ग्रहण कार्यक्रममा सहभागिता नजनाइ ह्वाइट हाउस छाडेको समकालीन अमेरिकामा यो पहिलो घटना भएको बताएका छन् । यद्यपि, यसअघि सन् १८०१, १८२९ र १८६९ मा यस्ता घटना भएका थिए । 


ह्वाइट हाउसबाट अमेरिकी सेनाको हेलिकप्टरबाट ज्वाइन्ट बेस एन्ड्रु पुगेका ट्रम्पले त्यहाँ उपस्थित सानो संख्याका समर्थक र परिवारका सदस्यलाई सम्बोधन गर्दै अमेरिकाको नयाँ प्रशासनले अमेरिकी जनताको भावना अनुसार काम गर्ने विश्वास व्यक्त गरे ।  


उनले त्यस समारोहमा पनि नयाँ राष्ट्रपति जो बाइडेनको नाम नलिई आफूले अमेरिकी अर्थतन्त्र उकास्न निरन्तर कार्य गरेको दाबी गर्दै “फेरि भेटौंला” भन्दै विदा लिए । 


राष्ट्रपतिले सपथ ग्रहण समारोहमा उपस्थित नहुने बताएर हिँडे पनि उपराष्ट्रपति माइक पेन्सले उक्त समारोहमा सहभागिता जनाए । 

प्रतिकृया दिनुहोस