• शनिबार-बैशाख-८-२०८१

अमेरिकी राष्ट्रपति बाइडनले लिए शपथ


अमेरिकाको ४६ औं राष्ट्रपतिमा निर्वाचित जो बाइडेनले क्यापिटोल हिलमा बुधबार आयोजित समारोहमा पद तथा गोपनीयताको सपथ लिएका छन् । 


उनलाई अमेरिकी सर्वोच्च अदालतका प्रधानन्यायाधीश जोन रोबर्टसले सपथ गराए । 


यसअघि उपराष्ट्रपति निर्वाचित कमला ह्यारिसलाई सर्वोच्च अदालतकै न्यायाधीश सोनिया सोतोमायोरले सपथ गराइन् । 


कोभिड–१९ र सुरक्षा चुनौतीका कारण राष्ट्रपतिको सपथ कार्यक्रमलाई सामान्य बनाइएको थियो । लाखौं मानिस उपस्थित हुने प्रचलन रहे पनि यसपटक थोरै संख्याका मानिस मात्र समारोहमा उपस्थित थिए । 

उद्घाटन समारोहमा सम्बोधन गर्दै राष्ट्रपति बाइडेनले प्रजातन्त्रको विजय भएको बताए ।  एउटा आशा र एकताको दिन भएको पनि उनले बताए । 


अहिले धेरै काम गर्नुछ, चुनौती धेरै छन्, कोभिड–१९ को ठूलो मूल्य चुकाउनु परेको भन्दै बाइडेनले ह्वाइट सुप्रिमेसिस्ट जस्ता तत्वलाई परास्त गरेर मुलुकलाई एकताबद्ध बनाइने प्रतिबद्धता जनाए । 

प्रतिकृया दिनुहोस