काठमाडौं, माघ १२ \\ यस बर्ष प्रणय दिवस (भ्यालेण्टाइन डे) को लागि रातो गुलाफ २५ प्रतिशत बढी आयात गरिने भएको छ।
पोहोर रु १ करोडको रातो गुलाफ स्टिक भारतबाट आयात गरिएको भएपनि मागको चाप बढेकोले बढी आयात गर्ने तैयारी गरिएको फ्लोरिकल्चर एशोसिएशनका अध्यक्ष कुमारकसजु श्रेष्ठले बताए।
“प्रणय दिवस (भ्यालेण्टाइन डे) फागुन १४ गते पर्छ। तर, १ हप्ता अघिदेखि नै रातो गुलाफ स्टिकको माग ह्वात्तै बढ्छ”, कुमार कसजुले भने।
गत वर्ष रु एक अर्ब ६१ करोडको वार्षिक फूलको आर्थिक कारोबार हुने भएको थियो । तिहारमा मात्र रु सात करोडको फूलको कारोबार भयो। कात्तिक महिनादेखि फागुनसम्ममा फूलको बढी खपत हुने गरेको एशोसिएशनले जनाएको छ ।



