काठमाडाैं । नागरिक र सेनाबीचको सम्बन्ध अभिवृद्धि गर्ने उद्देश्यले चन्दननाथ गणको सहकार्यमा नं.२८ बाहिनी अड्डाका बाहिनीपति सहायक रथी जोन्सन खड्काले २०७७ माघ ४ गते बारा जिल्ला, जीतपुर-सिमरा उप म.न.पा.१८ र १९ बडरहवाका बिपन्न मुसहर, पासवान तथा माझी समुदाय तथा बालबालिका प्राथमिक विद्यालयका विद्यार्थीहरुलाई संभावित शितलहरबाट जोगाउन १५० कम्वल हस्तान्तरण गरेकाे खबर छ ।
उक्त राहत बितरण कार्यक्रममा स्थानीय निकायका प्रतिनिधिहरु, समाजसेवी, पत्रकारहरु र शिक्षकहरुको उपस्थिति रहेको नेपाली सेनाले जानकारी दिएकाे छ ।



