• मंगलबार-बैशाख-११-२०८१

उपराष्ट्रपतिमा नवनिर्वाचित ह्यारिसद्वारा सिनेट सदस्यबाट राजीनामा

 

वासिङ्टन । अमेरिकाको उपराष्ट्रपतिमा नवनिर्वाचित कमला ह्यारिसले सिनेट सदस्यबाट राजीनामा दिनुभएको छ । उपराष्ट्रपतिको रुपमा सपथ ग्रहण गर्नु दुई दिनअघि उहाँले सोमबार सिनेटर पदबाट राजीनामा दिनु भएको हो । 

 

“मैले अमेरिकाको सिनेट सदस्य पद मात्रै छाडेकी हँु, सिनेटबाटै विदा लिएको छैन, म सिनेटमै रहन्छु,” उहाँले ट्वीटरमा लेख्नु भएको छ । अमेरिकामा उपराष्ट्रपति नै सिनेटको अध्यक्ष हुने व्यवस्था रहेकाले उहाँ उपराष्ट्रपतिमा निर्वाचित भएकाले स्वतः सिनेटको अध्यक्ष बन्नु हुने भएको छ । 

 

सिनेट सदस्यबाट राजीनामा दिएपनि अध्यक्ष हुने भएकाले सिनेटबाट विदा नभएको उहाँले बताउनु भएको हो । अमेरिकाको सिनेटमा अहिले डेमोक्र्याटिक र रिपब्लीकन दुवै पक्षका ५०(५० जना सदस्य रहेका छन् । 

 

ह्यारिस डेमोक्र्याटको तर्फबाट उपराष्ट्रपतिमा निर्वाचित हुनुभएको हो । उहाँसँगै उहाँकै पार्टीका जो बाइडेन अमेरिकाको राष्ट्रपतिमा निर्वाचित हुनुभएको छ । दुवै जनाले यही जनवरी २० तारिखमा सपथग्रहण गर्दै ह्वाइट हाउस प्रवेश गर्न लाग्नु भएको छ ।  
 

प्रतिकृया दिनुहोस