• शुक्रबार-चैत-१६-२०८०

जबरजस्ती करणी गर्ने व्यक्ति पक्राउ


कैलाली। २७ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा गौरीगंगा नगरपालिका-२ उदासी टोल बस्ने ३० वर्षीय कमल नेपालीलाई शनिबार राति प्रहरीले पक्राउ गरेको छ ।

 

ती महिलालाई घर पछाडि खेतमा बोलाई जबरजस्ती करणी गरेको भन्ने जानकारी प्राप्त हुनासाथ ईलाका प्रहरी कार्यालय चौमालाबाट खटिएको प्रहरीले कमललाई पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

प्रतिकृया दिनुहोस