• शुक्रबार-बैशाख-७-२०८१

जबरजस्ती करणी गरेको अभियोगमा पक्राउ


काठमाडौं। १५ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा गोकर्णेश्वर नगरपालिका-५ नयाँबस्ती बस्ने पाँचथर फिदिम नगरपालिका-९ घर भएका ५० वर्षीय सन्तबीर राईलाई शुक्रबार राति प्रहरीले पक्राउ गरेको छ ।


राईले ती बालिकालाई जबरजस्ती करणी गरेको भन्ने खबर प्राप्त हुनासाथ प्रहरी बिट नयाँबस्तीबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

प्रतिकृया दिनुहोस