एक युवक फाटेको पुरानो कमिज लगाएर दुई–तीनवटा किताब काखी च्यापेर कक्षा–कोठाबाहिर उभिएर बसेको थियो । मास्टर चिच्याए– ‘तिमी आज पनि ढिला आयौ हैन ? फर्किएर जाऊ ।’ करिब दुई घण्टापछि मास्टरको नजर ढोकाबाहिर प¥यो, उनी हैरान भए । युवक कहीं नगएर बाहिरै बसेर पढिरहेको थियो । मास्टरले युवकको कापी हेरे । मास्टरले कक्षामा जे प्रश्न सोधेका थिए, सबै उत्तर कापीमा थियो । मास्टरले उनलाई कक्षाभित्र बोलाए र हल्लाखल्ला गरिरहेका विद्यार्थीलाई शान्त गराएर भने– ‘यो बालक कक्षा–कोठाबाहिर उभिएर पनि तिमीहरूले भन्दा बढी ध्यान दिएर पढिरहेको थियो । यस्तो मेहनती बालकले उन्नति नगरे कसले गर्ला ?’
मास्टरले सही अनुमान गरेका थिए । त्यो बालक दैनिक १६ किलोमिटर पैदल हि“डेर विद्यालय जान्थ्यो । ठूलो भएपछि त्यो बालक भारतको राष्ट्रपति पदको हकदार बन्यो । यो कुनै अपरिचित व्यक्तिको सत्यकथा नभएर केही वर्षअघिसम्म भारतका राष्ट्रपति रहेका अछूत जातिका महान् व्यक्तित्व स्वर्गीय के.आर. नारायण हुन् ।



