🌞
मौसम
काठमाडौं...
साँघु पात्रो
—
वार
—
नेपाल समय
—
💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ 🥦 तरकारी भाउ💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ 🥦 तरकारी भाउ
▲ थप जानकारीको लागि यहाँ क्लिक गर्नुहोस् ▲
साँघु पात्रो SANGHU NEPALI CALENDAR
—
—
तिथि
—
— —
आSun
सोMon
मंTue
बुWed
बिThu
शुFri
शSat
लोड गर्दै...
© SanghuNews पात्रो sanghunews.com
🕐
नेपाल समय
Nepal Standard Time (UTC+5:45)
☀️
काठमाडौं
...
मौसम लोड हुँदैछ...
—
—

भारतीय पक्षले सीमा मिची नेपालको भूमि हडपेको निस्कर्ष

काठमाडौं, माघ १० \\     ‘सीमारक्षा जागरण अभियान टोली’ ले वीरगंजको छपकैयामा भारतले ५० विगाहा भन्दा बढी जमिन मिचेको निस्कर्ष निकालेको छ।

‘सीमा रक्षा जागरण अभियान’ मा अध्यक्ष नबिना लामाको नेतृत्वमा  अनेरास्वबियुको टोली र अध्यक्ष रञ्जित तामाङको नेतृत्वमा अखील क्रान्तिकारी बिद्यार्थी सङ्गठनको टोली सामेल थिए।

नेपालको सीमा मिची भारतीय पक्षले नेपालको भूमि हडपेको भनि स्थानीय जनताको चर्को आवाज आएपछि स्थलगत अध्ययन गर्न अनेस्ववियूका अध्यक्ष नविना लामा र अनेरास्ववियू क्रान्तिकारी अध्यक्ष रञ्जित तामाङ नेतृत्वको टोली वीरगञ्ज गएको थियो । 

स्थलगत अध्ययन र स्थानीय रैथाने पुराना बासिन्दा वृध्दहरुसँग समेत् अन्तर्कृयापछि ‘सीमा रक्षा जागरण अभियान’ ले यो निस्कर्ष निकालेको हो।

प्रत्यक्ष सीमा मिचेर भारतीय पक्षले हाक्काहाक्कि नेपालको भूमि हडपेको प्रष्टै देख्दादेख्दै नापी विभागबाट गएको टोलीले भारतीयकै पक्षमा बोलेको सुनेर सबैले आश्चर्य मानेका छन् र चर्को आलोचना भैरहेको छ।