🌞
मौसम
काठमाडौं...
साँघु पात्रो
वार
नेपाल समय
💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ 🥦 तरकारी भाउ💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ 🥦 तरकारी भाउ
▲ थप जानकारीको लागि यहाँ क्लिक गर्नुहोस् ▲
साँघु पात्रो SANGHU NEPALI CALENDAR
तिथि
Sun
सोMon
मंTue
बुWed
बिThu
शुFri
Sat
लोड गर्दै...
© SanghuNews पात्रो sanghunews.com
🕐
नेपाल समय
Nepal Standard Time (UTC+5:45)
☀️
काठमाडौं
...
मौसम लोड हुँदैछ...

 पृथ्वी जयन्तीको अवसरमा नेपाली सेनाले विविध कार्यक्रम आयोजना गर्ने

काठमाडाैं । नेपालको संविधानप्रदत्त "राष्ट्रिय एकताको रक्षा" सम्बन्धी दायित्व निर्वाह एवम् नेपाल सरकारको बार्षिक नीति तथा कार्यक्रममा समाविष्ट "एकीकरण मार्ग कार्यक्रम" कार्यान्वयन गर्ने क्रममा नेपाली सेनाले विगतका वर्षहरुमा जस्तै यस वर्ष पनि  २०७७ पौष २७ गते "राष्ट्रिय एकता दिवश तथा पृथ्वी जयन्ती" विविध कार्यक्रमहरु सहित मनाउन लागेको छ । यस क्रममा गोरखादेखि काठमाण्डौसम्म "एकीकरण पदयात्रा" लगायत राष्ट्रव्यापी कविता प्रतियोगिता समेत आयोजना गर्ने योजना रहेको  नेपाली सेनाकाे जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएकाे छ । 

 "एकीकरण पदयात्रा"  २०७७ पौष २१ गते गोरखाबाट शुरु भई धादिङ्ग, नुवाकोट र नागार्जुन हुँदै पौष २६ गते हनुमानढोका आईपुग्ने छ र पौष २७ गते जङ्गी अड्डमा हुने कार्यक्रममा भाग लिने छ । यस पदयात्रामा नेपाली सेना, स्थानीय जनता, विद्यार्थीहरु समावेश हुने छन ।

यसै पदयात्रामा मिरकासिमको फौजलाई पराजित गरेपछि राष्ट्रनिर्माता पृथ्वी नारायण शाहले खडा गरेका नेपाली सेनाका पाँच वटा कम्पनीहरुको निशान, नेपालको राष्ट्रिय झण्डा र "एकीकरण ज्योति" (Unification Torch) समावेश रहनेछन । 

 यसै क्रममा नेपाली सेनाले राष्ट्रव्यापी कविता प्रतियोगिता समेत आयोजना गर्ने योजना रहेको छ यस क्रममा समस्त इच्छुक नेपाली कविवर्गहरुले "राष्ट्र, राष्ट्रियता तथा राष्ट्रिय एकता प्रवर्द्धन र पृथ्वी नारायण शाह" सम्बन्धी भावमा कविता लेखी सहभागिता जनाउन सक्ने जानकारी पनि गराएकाे छ ।सहभागिता सम्बन्धी थप विवरणको लागी नेपाली सेनाको Website वा Facebook page वा Twitter Handle  मा हेर्न सकिने सेनाले गरेकाे बताएकाे  छ ।

   कविता  २०७७ पौष २० गतेको १६०० बजे भित्र सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालय वा kabitapra@nepalarmy.mil.np इमेलमा पठाउन सकिने छ । प्रतियोगितामा छानिएका कविताहरुको संग्रहहरु जंगी अड्डा परिसरमा स्थापना हुने "पृथ्वीनारायण शाह अध्ययन केन्द्र" मा राखिने र उत्कृष्ट २५ कविताहरु संग्रह पुस्तकको रुपमा प्रकाशित गरिने छ भने उत्कृष्ट १० कविहरुलाई नगद पुरस्कार तथा प्रमाण पत्र उपलब्ध गराइने नेपाली सेनाले बताएकाे छ ।